गौतम बुद्ध लुम्बिनीमा नजन्मिदिएको भए हुन्थ्यो [Guest Post]
Update (10 Apr 2012): मित्र विवेक पौडेलले लेख्नुभएको यो लेख चैत्र २८, २०६८ को नागरिक दैनिकमा प्रकाशित भएको छ।
साईबेरीयाको एक सहरमा हालै हिन्दु ग्रन्थ भागवत गितामाथि बन्देज लगाएर फेरी फुकुवा गरिएको छ। एकै शताब्दिमा विश्वभरी लाखौँ मानिसहरुको मृत्यु र कैयौँ युद्धहरुको कारण बनेको स्टालिन-लेनिनवादि दर्शनग्रन्थहरुको उद्गमस्थलमा शताब्दिऔँ पुरानो एक पुस्तकलाई अतिवादि भनी बन्देज लाग्नु निकै रोचक विषय हो। रुसको व्यवस्था रुसीहरु नै जानुन्- महान वैज्ञानिक र गणितिज्ञहरुको देश रुसका जनताको दु:खमा हामीले किन टाउको दुखाईराख्ने? पाउनसक्ने दु:ख उनीहरु आफुँले आफैँलाई दिइसकेका छन् र आज रुसी लगायत धेरै टुक्रा भइसकेका पूर्वि युरोपी देशका होनहार वैज्ञानिक र गणितिज्ञहरु बिसौँ शताब्दिभर रुसले विस्थापित गर्न खोजेको राज्यव्यवस्था अङ्गाल्ने देशहरुमा बढ्दो क्रममा पलायन भइराखेकै छन् ।
गितामा बन्देज लागेपछि भारत सरकारले आधिकारिक तर्फबाटै सो विषयप्रति चासो देखाएको थियो। भारतको संसदमा सो कदमको विरोध गर्नुपर्ने जोडदार माग उठेपछि भारतीय सरकार र रुसस्थित राजदुतसमेतले रुस सरकारसँग आफ्नो विरोध जाहेर गरेका थिए। धेरै अतिवादि धार्मिक संगठनहरु भएको भनेर चिनिने भारतमा धार्मिक संस्थाहरुले विरोध गर्नु त ठूलो कुरा भएन। यसरी भारतले विश्वस्तरमै गिता लगायत हिन्दु धर्मका प्राचिन सम्पदाहरुका संरक्षक र हकदारको रुपमा आफूँलाई स्थापित गर्दै आएको छ। ईँतिहासप्रतिको सम्मान वेगर आधुनिकिकरणका आवरणहरु सिङ्गारेर मात्रै हुँदैन भन्ने बुझ्नेहरुले गर्ने स्वाभाविक कार्य नै हो यो। भारतको प्रतिष्ठा जसरी बढिरहेको छ र विश्वमा उसको जस्तो सम्मान आर्जन गरेको छ, भारतीय कुटनीतिक दबाबले सो बन्देज फुकुवा हुन केहि मात्रामा योगदान दिएको अनुमान गर्न गाह्रो छैन। यस्ता घटना फेरी दोहोरिँदा भारतकै हात माथि परे पनि अचम्म मान्नुपर्दैन।

SonZoy DaHal 8:06 am on January 5, 2012 Permalink |
Aati nai Ghatlagdo lekh lekhnu vo… There is no point in dis-agreeing with what you have experssed… Well written…:)
w38g0ru 8:14 am on January 5, 2012 Permalink |
“बुद्धमाथि हक जमाउन हामीले साँच्चै के गरेका छौँ? जे गरेका छन् त्यो बुद्धले आफैँ जन्मिदिएर गरेका छन्। ” यो भन्दा बढी केही भन्न पर्ने म देख्दीन
bhabi sharma 10:18 am on January 5, 2012 Permalink |
whatever they do….but fact is fact.and the fact is buddha was born iin nepal…………
Ravi 10:47 am on January 5, 2012 Permalink |
I think the modern writer mentioned in the second-last paragraph is Manjushree Thapa. I once read her tweet. I found the link: https://twitter.com/#!/manjushreethapa/status/133734266302496769
suedip joshi 12:22 pm on January 5, 2012 Permalink |
well founded and broad based opinion. thnx for sharing.
however, the stature in the caption is of ‘agni dev’ , when it is clearly inscribed in the structure itself. it is interesting to see that majority of nepalese people easily buy that the given statue is of Buddha.
Laxmi Tamang 12:52 am on January 11, 2012 Permalink |
Well said! Super article! Wisefulness thoughts. Keep it up! and also please join the campaign Lumbini Kapilvastu Day Movement started by Mr. Ram Kumar Shretha from UK in 2009 which has committee at present in 9 different countries. He is a global coordinator of this movement. Here is the link at https://www.facebook.com/pages/Lumbini-Kapilvastu-Day-Movement/242758232456417
ram ravi tamang 7:23 am on January 11, 2012 Permalink |
yasta mahan byakti jaha janme pani biswokai sampada hun.unko gyan ra darsanma kasile hak khojna namile pani,unko janma esthanko hak khojne addhikar hami nepalilai 6.bauddha margi hau ya buddhko janma esthanko hak khojne santikami nepali,yas mahan kamko lagi “bali” chdna pani tayar hunu par6.hamra saskriti hamra parampara,hamro mato ko utpadanlai hamile maya nagare kasle garne?aru ta sirsak nai kafi 6,yas sirsak ka sirjanakarlai salam.dharmik aasthalai hami aarthik aasthama paribartan garau.desko jay hos.
केदार शर्मा 8:01 am on March 30, 2012 Permalink |
विवेक पौडेलले मलाई तपाईँको लेखको लिंक पठाइदिनु भयो, उहाँलाई धन्यवाद। तपाईँलाई झन् धेरै धन्यवाद यस्तो मीठो सामग्री पढ्ने अवसर दिनुभएकोमा। म हिमालमा लेख्छु र यस पटकको लेख तपाईँको भाइले लेखेजस्तो भएछ http://www.himalkhabar.com/news.php?id=4881
मलाई तपाईँको लेख छापामा आउनु पर्छ भन्ने लागेको छ। छापिइसकेको छ? प्रयत्न गरौँ? अनुमति छ?
ushaft 8:51 am on March 30, 2012 Permalink |
पढिदिनुभएको र मनपराईदिनुभएको मा धेरै धन्यवाद। मैले ब्लगको दाईने छेउमा एउटा “कपिराइट सुचना” पनि राखिराखेको छु। पुन:प्रकाशन गर्न कुनै समस्या छैन ।
M Paudel 9:53 am on April 10, 2012 Permalink |
I was very keen on authentic article about Buddha. This satisfied my thirst. Congrats for soul searching article.