नेपालमा बलियो दक्षिणपन्थको खाँचो
प्रष्ट र बलिया दक्षीणपन्थी अडानहरु बेगर हाम्रो आर्थिक विकास र उद्दमशीलतामा प्रगती हुने सम्भावना छैन ।
पाठकहरु, शीर्षक पढेर केहि बिचार बनाइसक्नुभएको भए कृपया एकछिनलाई सो त्याग्ने प्रयास गर्नुहोला। “दक्षिणपन्थ” भन्ने शब्दले प्राय नेपालीहरुको मनमा नकारात्मकता जगाउँदछ। हामीलाई दक्षिणपन्थी भन्नेबित्तिकै दलाल, सामन्ती, प्रतिगामी, विदेशीका गोटि र अझ दक्षिण भन्ने शब्दले गर्दा भारतपरस्त भनेर सोच्ने बानी परेको छ। हामीलाई सिकाइएकै यस्तै छ। नेपाल एक बामपन्थी मुलुक हो- पहिले के थियो थाहा छैन, तर हिजोआज दिनप्रतिदिन यसको बामपन्थीकरण बढ्दैछ। मैले मुलुकलाई नै बामपन्थी भन्दैछु- यसको मतलब हाम्रो समाज, राष्ट्रिय चिन्तन, मूल संचार माध्यमहरु, सामाजिक बहस र मुद्दाहरुमा पुरै वामपन्थ हावि छ (यसको कारण र इतिहासको बारे म छिट्टै अर्को लेखमा विश्लेषण गर्नेछु)। त्यसैले यस्तो वातावरणमा हुर्केर, बढेर, सिकेर दक्षिणपन्थको बारे नकारात्कम सोच बन्नु अचम्म होईन।
-
दक्षिणपन्थको भारतसँग कुनै सम्बन्ध छैन
राजनीतिका दुई मुख्य ध्रुब वामपन्थ र दक्षिणपन्थलाई अङ्ग्रेजीमा “left-wing” र “right-wing” भनिन्छ। दक्षिण एसियाली भाषाहरुमा “rightists” लाई दायाँपन्थी वा दाहिनेपन्थी नभनेर दक्षिणपन्थी किन भनियो मलाई थाहा छैन।
-
दक्षिणपन्थ भनेको खराब होईन
दक्षिणपन्थ दुँनियाभर नै प्रचलित छ, प्राय समाजहरुमा करिब करिब आधा-आधा बामपन्थी र दक्षिणपन्थी प्रभाव हुनेगर्दछ। अमेरीकी सरकार र सदनमा प्रायजसो यी दुई सिद्दान्तले चिनिने दलहरुको बराबरी उपस्थिति हुनेगर्दछ- यद्दपी मेरो बिचारमा अमेरीका मूलत दक्षिणपन्थी देश हो किनकी बायाँपन्थी भनेर चिनिने डेमोक्राटिक दलको झुकाव विस्तारै दक्षिणपन्थतिर ढल्किन थालेको धेरै भइसक्यो। बेलायतमा त बिसौँ शताब्दिको अधिकांश समय दक्षिणपन्थीहरुले नै शाषण गरे। भारतमा गान्धिको युगपछि वामपन्थ मृतप्राय छ- त्यहाँ “द हिन्दु” जस्ता केहि पत्रिका बाहेक मिडियामा पनि दक्षिणपन्थ नै हावि छ, मूल राजनीतिक चिन्तन पनि त्यस्तै छ।
युरोपीय देशहरुको स्थिती अलि भिन्न छ। अमेरिकामा भन्दा फरक, त्यहाँ हरित (green), अराजक (anarchist) जस्ता विभिन्न राजनीतिक धारका दलहरु प्रभावशाली भुमिकामा छन्। त्यहाँ दक्षिणपन्थी र बामपन्थीहरु मिलेर सरकार बनाउने वा चुनाव अनुसार आ-आफ्नो गठबन्धन बनाएर सरकार बनाउने प्रचलन छ। त्यसकारण त्यहाँ पुरै दक्षिणपन्थ वा पुरै वामपन्थ भन्दा पनि मिसिएको प्रणाली र सामाजिक बनोट छ। सोभियत संघको बढ्दो प्रभाव घेरा र पुँजीवादि प्रजातन्त्रको बिच सामन्जस्य अपनाउने क्रममा यस्तो भएको हुनसक्छ। त्यसकारण, युरोपी देशहरुमा सामाजिक न्याय र कल्याणकारी प्रावधानहरु, बलियो सरकार, उच्च कर, निजी पुँजीको रक्षा, व्यक्तिगत स्वतन्त्रता, खुला समाजजस्ता दक्षिणपन्थ र वामपन्थ दुबैथरीका व्यस्थाहरु छन्।
-
दक्षिणपन्थ के हो त?
दक्षिणपन्थ र वामपन्थको बिचमा छुट्याउनको निम्ती विभिन्न मुद्दाहरुमा लिइने अडानको बारे जानकारी हुनुपर्दछ। मुख्य दक्षिणपन्थी सिद्दान्तहरु यसप्रकार छन्: व्यक्तिगत स्वतन्त्रतालाई उच्च महत्व, नागरिक जीवनमा सरकारको न्यून भुमिका र हस्तक्षेप, समान कर व्यवस्था, खुला बजार अर्थतन्त्र, आदि। बामपन्थीहरु भने यसका विपरित सिद्दान्तहरुमा विश्वास गर्छन। प्राय समाजहरुमा उग्र दक्षिणपन्थी (ultra-right) र उग्र बामपन्थी (ultra-left) वा कम्युनिष्ट (communist) बिचार बाहेक मध्यमार्गी दक्षिणपन्थी (right-of-center) र मध्यमार्गी (centrist) र मध्यमाग्री बामपन्थी (left-of-center) राजनीतिक धारहरु प्रचलिन हुन्छन् र दुबैथरी धारहरुमा उदार र कट्टर खेमाहरुको उपस्थिती हुन्छ।
यी दुईका बाहेक अरुपनि धारहरु छन् र कतिपय अवस्थामा मानिसहरु कुनै एक धारमा मात्र पुरै नढल्कि दुबैथरीका केहि-केहि मान्यताहरुको समर्थन गर्दछन्। जस्तै: “समाजका कमजोर वर्गलाई राज्यले बलिया वर्गसँग उठाएको करले राहत र सहयोग गर्नुपर्छ तर बलिया वर्गहरुको प्रगतीमा पनि राज्यले सहयोग गर्नुपर्दछ वा कम्तीमा अवरोध गर्नुहुँदैन- त्यसकारण उनीहरुलाई चर्को कर लगाउनु हुँदैन” भन्ने मान्यतामा दुबै धारका सिद्दान्तहरु अङ्गालिएको छ। आफ्ना मान्यताहरु कुन धारप्रति ढल्किएका छन् भनेर पाठकहरुले आफैँ छुट्टयाउने प्रयास गर्नुभए धेरै प्रश्नहरुको जवाफ पाउनुहुनेछ।


Prashanta 3:00 pm on February 6, 2012 Permalink |
Right to Freedom of Speech YES
Right to Private Property YES
I believe in Democracy.
I believe in Pluralism.
I believe in Check and Balance between different Organs of the State (Judiciary, Legislative and & Executive ).
The government should let the economy in the hands of Private Sector, Look what happens when there is competition, we can make phone calls so cheaply now.
It’s not the government duty to do business; why don’t they let the Private sector into the petrol business? At least we would get it even by paying the higher price.
Why does the government need to have its own media? Private media is doing well. (People have reservation about this Though!!!)
I am totally against the government Censoring the Internet.
The Government Should not interfere in what I do until its illegal. I am born free so I should remain so.
I should have the right to Own as much land as I can Purchase; Why should the government have problem with it.
I should have right to visit foreign country anytime I want why Should anyone has to have any problem with it.
Yes, I go to temple every now n then and I am proud that I am a religious Person.
Oh So you are a Democratic / Right-wing Person??
NO!!! I am the cadre of a Communist Party Of Nepal ( ) {there are dozens of choices to be filled in that bracket}
The Story of the Left-Wing people; at least those from the cities.
ushaft 6:42 am on February 7, 2012 Permalink |
Yes, that’s true.
1. Most communist parties in Nepal are in reality “social democrats”- which is a moderate stance- left of center.
2. Although members of parties do not believe in leftist principles, they have no hand in shaping national issues. National issues are influenced by their top leaders, writers and media, etc and all of them take a strong leftist stance. eg: Maoist party’s official stance is not to recognize private property.
Biplav 7:12 pm on February 6, 2012 Permalink |
“यसमा नेपालका दक्षिणपन्थीहरुको पनि दोष छ किनकी आफ्ना अडानहरु स्पष्टसँग बुझाउन नसकेर, त्यसप्रति समर्थन जुटाउन नसकेर वा चाहिने संरचना र संस्थाहरुको विकास नगरेर उनीहरुले आफूलाई कमजोर बनाए र आज पुरै समाजको बामपन्थीकरण एकहिसाबले बेरोकटोक रुपले अघि बढिरहेको छ।”
Why this?
One school of thought says – “Elite cohesion” is fundamental to capitalism, and this is absent in poor countries (elite is fragmented). As such, right wing party cannot garner wider support.
This is not only the problem of Nepal, but also of many African countries. See the list of African countries with left-wing governments: http://biplavpradhan.com/2012/02/06/african-countries-with-left-wing-governments/)
Cross-country data shows poor countries are most likely to have left-wing governments, and as the wealth production soars, right-wing parties will gradually increase their influence. In Nepal’s case, I don’t see much possibility of right-wing party coming to power in next ten years at least. The support for Nepali Congress has really waned.
ushaft 8:04 pm on February 6, 2012 Permalink |
Biplav,
Left wing is a good thing too (as right wing is). Many European countries also have socialist leanings, they have large share of leftists in their parliaments. Likewise, many poor countries also have right wing leanings. My concern is the increasing tilt in Nepal towards ultra-left and the systematic attack on moderates. Your comment adds value to the discussion- thanks for it.
Prbht 9:23 pm on February 6, 2012 Permalink |
“त्यस्तो ध्रुविकरणबाट हाम्रो समाजलाई बचाउनु र सन्तुलन बनाइराख्नु जरुरी छ, त्यसको निम्ति हामीलाई सशक्त मध्यमार्गको आवश्यकता पर्दछ।” मध्यमार्गी बाटो खोज्ने भनेको मध्यमबर्गियहरुले हो, जस्को आफ्नो स्थीर अडान हुदैन, जुन बेला जतातिर लाग्दा आफु्लाई फाईदा देख्छन त्यो बेला त्यतै लाग्छन। ति मध्यमबर्गियहरु पढेका, जानेका, बुझेका सुकिला हुन्छन। आफुमा दाग लाग्न नदिन कुनै बेला उच्चबर्गियसँग मित गाँस्न पुग्छन भने कुनै बेला निम्न बर्गियसँग। यी तिनै मध्यमार्गीहरु हुन जस्ले समाजको खाडल झन झन गहिरो गराउदै लगेका छन। नेपालको परिपेक्ष्यमा उदारण दिदाँ जुन बेला जुन शक्ति हावी भयो त्यो बेला तिनैको लगौँटि समात्दै हिड्ने हुन मध्यमार्गीहरु, पञ्चायती ब्यवस्था, बहुदलिय ब्यवस्था, राजाको कु, ७ दलको आन्दोलन, माओवादीलाई ठुलो पार्टी बनाउने त्यो सबै मध्यमार्गीहरु नै हुन।
देशमा आवश्यक पुर्वाधारको बिकाश बिना अरु कुराको कल्पना गर्नु त्यति मुनासिब लाग्दैन, अहिलेको अवस्थामा नेपाललाई चाहिने भनेको एउटा ईमान्दार तानाशाह हो, जस्ले देशको बिकाश गर्न सकोस। त्यो ईमान्दार तानाशाहले १ दशक राज गरेर देशमा आवश्यक पुर्वाधार खडा गर्न सक्छ। जस्को लागि एउटा पुस्ताले त्याग गर्नै पर्ने हुन जान्छ, आफ्नो भावी पुस्ताको लागी पनि। अहिले चाहे दक्षीणपन्थी होस् या बामपन्थी तर नेपालमा चाहिएको भनेको ईमान्दार तानाशाह नै हो, चाहे त्यो जुन सुकै पन्थीको रुपमा होस, मात्र त्यो मध्यमपन्थी हुन हुदैन।
अमुक 7:55 am on February 8, 2012 Permalink |
दक्षिण एसियाली भाषाहरुमा “rightists” लाई दायाँपन्थी वा दाहिनेपन्थी नभनेर दक्षिणपन्थी किन भनियो मलाई थाहा छैन।
संस्कृतमा “right” लाई “दक्षिण” भन्ने भएकाले “rightists” लाई “दक्षिणपन्थी” भनिएको हो। तलको पृष्ठ हेर्नुस।
http://www.sanskrit-lexicon.uni-koeln.de/cgi-bin/serveimg.pl?file=/scans/AEScan/AEScanjpg/ae0399-rifle.jpg
नेपाली शब्दकोश [http://www.nepalisabdakos.com] अनुसार पनि “सुर्योदय हुने दिशातिर मुख फर्काउँदा दाहिने हाततिर पर्ने दिशा” लाई दक्षिण भनिन्छ।
biswas 4:52 pm on February 18, 2012 Permalink |
ज्ञान बढेको अवस्था हो।
Sumedh 3:23 pm on February 8, 2012 Permalink |
well! Nepalese Communist may be called Democratic Socialist rather than Socialist Democrats (actually NC attended the international conference of 1951 of Socialist Democrats). I think apart from its rigid affiliation to the Marxist and Lenninst view The UML’s (jaBaja) is a theory that could justify Nepal’s need!
biswas 4:42 pm on February 18, 2012 Permalink |
यो लेखले मेरो ‘दक्षिणपन्थ’ सम्बन्धी धुमिल बुझाइलाई माझिदिएको छ। हुन त सबै ‘पन्थ पण्डित’ द्वारा गरिने व्याख्या हुन्। वा मैले अझै बुझिसक्या छैन होला। यस्तो भनेको वामपन्थ, यस्तो भनेको दक्षिणपन्थ भनेर बुझेर पनि के गर्ने जस्तो लाग्छ। लाग्छ यस्तै व्याख्याहरुले हाम्रो समाजलाई थप विभाजित पारेकाछन्। हुन त बुझाइमा विविधता हुनु राम्रो हो तर पनि कुनै प्रकृतिपन्थ/ न्यायपन्थ/मानवतापन्थ कार्य गर्दा सबै एक भइदिए बेस हुन्थ्यो। ‘भइदिए हुन्थ्यो’ भन्ने बित्तिकै कुरा काल्पनिक हुन पुग्छ।
kushal lama 12:05 am on February 22, 2012 Permalink |
Samay sandarvik lekh. Nice to read it