नेपालमा बलियो दक्षिणपन्थको खाँचो


प्रष्ट र बलिया दक्षीणपन्थी अडानहरु बेगर हाम्रो आर्थिक विकास र उद्दमशीलतामा प्रगती हुने सम्भावना छैन

पाठकहरु, शीर्षक पढेर केहि बिचार बनाइसक्नुभएको भए कृपया एकछिनलाई सो त्याग्ने प्रयास गर्नुहोला। “दक्षिणपन्थ” भन्ने शब्दले प्राय नेपालीहरुको मनमा नकारात्मकता जगाउँदछ। हामीलाई दक्षिणपन्थी भन्नेबित्तिकै दलाल, सामन्ती, प्रतिगामी, विदेशीका गोटि र अझ दक्षिण भन्ने शब्दले गर्दा भारतपरस्त भनेर सोच्ने बानी परेको छ। हामीलाई सिकाइएकै यस्तै छ। नेपाल एक बामपन्थी मुलुक हो- पहिले के थियो थाहा छैन, तर हिजोआज दिनप्रतिदिन यसको बामपन्थीकरण बढ्दैछ। मैले मुलुकलाई नै बामपन्थी भन्दैछु- यसको मतलब हाम्रो समाज, राष्ट्रिय चिन्तन, मूल संचार माध्यमहरु, सामाजिक बहस र मुद्दाहरुमा पुरै वामपन्थ हावि छ (यसको कारण र इतिहासको बारे म छिट्टै अर्को लेखमा विश्लेषण गर्नेछु)। त्यसैले यस्तो वातावरणमा हुर्केर, बढेर, सिकेर दक्षिणपन्थको बारे नकारात्कम सोच बन्नु अचम्म होईन।

(Picture: mikeldunham.blogs.com)

  • दक्षिणपन्थको भारतसँग कुनै सम्बन्ध छैन

    राजनीतिका दुई मुख्य ध्रुब वामपन्थ र दक्षिणपन्थलाई अङ्ग्रेजीमा “left-wing” र “right-wing” भनिन्छ। दक्षिण एसियाली भाषाहरुमा “rightists” लाई दायाँपन्थी वा दाहिनेपन्थी नभनेर दक्षिणपन्थी किन भनियो मलाई थाहा छैन।

  • दक्षिणपन्थ भनेको खराब होईन

    दक्षिणपन्थ दुँनियाभर नै प्रचलित छ, प्राय समाजहरुमा करिब करिब आधा-आधा बामपन्थी र दक्षिणपन्थी प्रभाव हुनेगर्दछ। अमेरीकी सरकार र सदनमा प्रायजसो यी दुई सिद्दान्तले चिनिने दलहरुको बराबरी उपस्थिति हुनेगर्दछ- यद्दपी मेरो बिचारमा अमेरीका मूलत दक्षिणपन्थी देश हो किनकी बायाँपन्थी भनेर चिनिने डेमोक्राटिक दलको झुकाव विस्तारै दक्षिणपन्थतिर ढल्किन थालेको धेरै भइसक्यो। बेलायतमा त बिसौँ शताब्दिको अधिकांश समय दक्षिणपन्थीहरुले नै शाषण गरे। भारतमा गान्धिको युगपछि वामपन्थ मृतप्राय छ- त्यहाँ “द हिन्दु” जस्ता केहि पत्रिका बाहेक मिडियामा पनि दक्षिणपन्थ नै हावि छ, मूल राजनीतिक चिन्तन पनि त्यस्तै छ।

    युरोपीय देशहरुको स्थिती अलि भिन्न छ। अमेरिकामा भन्दा फरक, त्यहाँ हरित (green), अराजक (anarchist) जस्ता विभिन्न राजनीतिक धारका दलहरु प्रभावशाली भुमिकामा छन्। त्यहाँ दक्षिणपन्थी र बामपन्थीहरु मिलेर सरकार बनाउने वा चुनाव अनुसार आ-आफ्नो गठबन्धन बनाएर सरकार बनाउने प्रचलन छ। त्यसकारण त्यहाँ पुरै दक्षिणपन्थ वा पुरै वामपन्थ भन्दा पनि मिसिएको प्रणाली र सामाजिक बनोट छ। सोभियत संघको बढ्दो प्रभाव घेरा र पुँजीवादि प्रजातन्त्रको बिच सामन्जस्य अपनाउने क्रममा यस्तो भएको हुनसक्छ। त्यसकारण, युरोपी देशहरुमा सामाजिक न्याय र कल्याणकारी प्रावधानहरु, बलियो सरकार, उच्च कर, निजी पुँजीको रक्षा, व्यक्तिगत स्वतन्त्रता, खुला समाजजस्ता दक्षिणपन्थ र वामपन्थ दुबैथरीका व्यस्थाहरु छन्।

  • दक्षिणपन्थ के हो त?

    दक्षिणपन्थ र वामपन्थको बिचमा छुट्याउनको निम्ती विभिन्न मुद्दाहरुमा लिइने अडानको बारे जानकारी हुनुपर्दछ। मुख्य दक्षिणपन्थी सिद्दान्तहरु यसप्रकार छन्: व्यक्तिगत स्वतन्त्रतालाई उच्च महत्व, नागरिक जीवनमा सरकारको न्यून भुमिका र हस्तक्षेप, समान कर व्यवस्था, खुला बजार अर्थतन्त्र, आदि। बामपन्थीहरु भने यसका विपरित सिद्दान्तहरुमा विश्वास गर्छन। प्राय समाजहरुमा उग्र दक्षिणपन्थी (ultra-right) र उग्र बामपन्थी (ultra-left) वा कम्युनिष्ट (communist) बिचार बाहेक मध्यमार्गी दक्षिणपन्थी (right-of-center) र मध्यमार्गी (centrist) र मध्यमाग्री बामपन्थी (left-of-center) राजनीतिक धारहरु प्रचलिन हुन्छन् र दुबैथरी धारहरुमा उदार र कट्टर खेमाहरुको उपस्थिती हुन्छ।

    यी दुईका बाहेक अरुपनि धारहरु छन् र कतिपय अवस्थामा मानिसहरु कुनै एक धारमा मात्र पुरै नढल्कि दुबैथरीका केहि-केहि मान्यताहरुको समर्थन गर्दछन्। जस्तै: “समाजका कमजोर वर्गलाई राज्यले बलिया वर्गसँग उठाएको करले राहत र सहयोग गर्नुपर्छ तर बलिया वर्गहरुको प्रगतीमा पनि राज्यले सहयोग गर्नुपर्दछ वा कम्तीमा अवरोध गर्नुहुँदैन- त्यसकारण उनीहरुलाई चर्को कर लगाउनु हुँदैन” भन्ने मान्यतामा दुबै धारका सिद्दान्तहरु अङ्गालिएको छ। आफ्ना मान्यताहरु कुन धारप्रति ढल्किएका छन् भनेर पाठकहरुले आफैँ छुट्टयाउने प्रयास गर्नुभए धेरै प्रश्नहरुको जवाफ पाउनुहुनेछ।

Continue reading