बाबुराम भट्टराईले यसो गर्नुपर्छ


तपाईँमाथि आज पार्टीको अर्को भनिने धारले गरेको व्यवहार सकेको र मत मिलेको बेलामा तपाईँले आफ्ना वा पार्टीका अरु विरोधिहरुमाथि हुन दिनबाट रोक्न के कति पहल गर्नुभयो, र केहि नगर्नुभएको भए पनि भविष्यमा केहि गर्नुहुने छ कि छैन ?

सर्वप्रथम त नेताज्यू, यहाँ देशको कुनै निर्णायक पदमा पुग्नुभयो भने तपाईँका राम्रा कार्यहरुको लाभ के योग्यता भएका मानिसहरुलाई उपलब्ध हुनेछ? के म तपाईँको पार्टीको कार्यकर्ता नभईकनै पनि तपाईँको नजरमा जनता ठहरिनेछु? तपाईँ जतिसुकै राम्रो भएपनि मलाई माओवादि हुनु छैन- के तपाईँ मेरो पनि नेता बन्ने प्रयास गर्न तयार हुनुहुन्छ? हुनु त मलाई एमाले, काङ्गग्रेस, फोरम, नेमकिपा वा राप्रपा पनि हुनु छैन, तर मलाई थाहा छ देशमा कुनै पार्टीको, र विशेषगरि सत्तामा भएका पार्टीको झण्डा नउठाई बस्नेले सुख पाउने गरेका छैनन् र त्यसैकारण धेरै मानिस कुनै न कुनै झण्डा निधारमै टासेँर हिँड्छन् । तपाईँ राम्रो मानिस हुनुहुन्छ भन्ने मलाई लाग्छ र तपाईँ प्रति मेरो उच्च सम्मान पनि छ, तर तपाईँलाई नेता मान्नुअघि यी र यस्ता धेरै प्रस्नहरुको जवाफ हामीले पाउनुपर्नेछ- हामीलाई धेरै आधारभूर विषयहरुबारे तपाईँका अडानहरु के के हुन् भन्ने राम्रोसँग थाहा छैन।

तपाईँले अबलम्बन गरेका नीतिहरुको विरोध गरेर लेखेस्वरुप ‘जनादेश’ पत्रिकामा तपाईँले आफ्ना बालसखा र अमृत क्याम्पस पढ्दाताकाका रुममेट कृष्ण पोखरेललाई सरकारी दलाल र प्रतिक्रियावादि भएको आरोप लगाउँदै ‘जनयुद्द’ को उदेश्य उनीजस्तालाई सफाया गर्ने भएको लेख्नुभयो । त्यसपछि २४ जनवरी २००१ मा चारजना माओवादी बन्दुकधारीहरु पोखरेलले पढाईरहेको कक्षामा गई तीन गोली प्रहार गरेका थिए ।

मैले प्रथम हरफमै लेखेजस्तो निर्धक्कसँग स्वतन्त्र जीवन जीउन, दुनियाभर स्विकारिएका आधारभूत नागरीक हकहरुको प्रयोग गर्न, गल्ती रोक्ने र गर्नेलाई दण्ड दिनसक्ने चुस्त प्रशासन र कानूनी संयन्त्रको गुहार गर्न, नियमपूर्वक र विना भेदभाव वा अवरोध आफ्नो काम, उद्दम वा व्यवसाय गर्नको लागी हामीमा हुनुपर्ने योग्यता के-के हुन्? कसैले बोलेको, लेखेको वा कसैलाई मन नपरेकै भरमा कुटपिट वा मृत्युसम्मकै भागिदार बन्नुपर्ने व्यवस्थामा तपाईँको सहमती हो कि विरोध? यी प्रवृतिको लागी म तपाईँ वा तपाईँको पार्टीलाई मात्र जिम्मेवार भनिरहेको छैन- काठमाडौँमा धेरैले थाहा पाएनन् होला, तर ४८ सालपछिका केहि वर्षहरुमा नेपाली काङ्ग्रेस र ऊद्वारा निर्देशित संयन्त्रहरुले विरोधिहरुलाई गर्ने गरेको व्यवहार र ज्यादति मलाई याद छ, मलाई तपाईँको पार्टीले विद्रोह शुरुगरेपछि सत्तारुढ दलहरुले राज्य संयन्त्रको व्यापक दुरुपयोग र हिनामिना गरी कैयौँ निर्दोष जनतालाई दु:ख दिएको पनि याद छ। तर ती सबैकुराहरु उचित थिएनन्, मूलधारका पार्टीहरुको व्यवहार र माओवादीको बिद्रोह दुबैले दिगो समाधान दिँदैनन् भन्ने मान्यताका आधारमा सम्झौता गरी स्थापित गरिएको व्यवस्थामा पनि किन तिनै गलत कार्यहरुलाई प्रसय दिँदै हाम्रो संवेदनशिलतामाथि खेलवाड गरिँदैछ ? तपाईँले भन्नेगरेको सभ्य र नयाँ नेपालमा राजनितीक लक्षप्राप्तिको निम्ति हिंसाको स्थान के हुने भन्नेबारे मैले अहिलेसम्म तपाईँको स्पष्ट धारणा पढ्न, सुन्न पाएको छैन। कहिँ तपाईँ प्रोट्राक्टेड वार (निरन्तर, लामो युद्ध) को कुरा गर्नुहुन्छ, कहिले आफ्ना समर्थक कार्यकर्ताको हड्डि भाँचिदा वा अपहरण गरिँदा त्यसको विरोध गर्नुहुन्छ, अगाडिको मानिस हेरी कहिले डेमोक्रेसी भन्नुहुन्छ त कहिले जनविद्रोह मार्फत जनसत्ताको स्थापना गर्ने भन्नुहुन्छ।

‘नेपाल’ पत्रिकाको एक अङ्कमा तपाईँले रविन्द्र मिश्रलाई जवाफ लेख्दा “यो घमण्डि भ्यागुताको झाँको नझारी भा’को छैन” भन्ने आशयको भाषा प्रयोग गर्नुभएको थियो । सार्वजनिक अभिलेख राख्ने संस्कारको राम्रो विकास नभएकोले प्रमाण दिन मैसँग ‘नेपाल’ को त्यो अङ्क उपलब्ध छैन । तर मसँग नेपाली टाइम्स पत्रिकाको अङ्क १४२ छ जसमा प्रकाशित एउटा लेखप्रति तपाईँले आफ्नै हातले लेखेको प्रतिक्रिया सोहि पत्रिकाको अङ्क १५३ मा प्रकाशित भएको थियो । अङ्क १४२ को लेखमा भनिएको छ: तपाईँले अबलम्बन गरेका नीतिहरुको विरोध गरेर लेखेस्वरुप ‘जनादेश’ पत्रिकामा तपाईँले आफ्ना बालसखा र अमृत क्याम्पस पढ्दाताकाका रुममेट कृष्ण पोखरेललाई सरकारी दलाल र प्रतिक्रियावादि भएको आरोप लगाउँदै ‘जनयुद्द’ को उदेश्य उनीजस्तालाई सफाया गर्ने भएको लेख्नुभएपछि २४ जनवरी २००१ मा चारजना माओवादी बन्दुकधारीहरु पोखरेलले पढाईरहेको कक्षामा गई तीन गोली प्रहार गरेका थिए । संयोगवस पोखरेल बँच्न सफल भए र केहि समय विस्थापित जीवन बिताए । तत्पश्चात अङ्क १५३ मा प्रकाशित तपाईँको पत्रमा तपाईँले आँफू अध्ययन गरेको विद्यालयका बारे छुटेका केहि तथ्यहरु पेश गर्नुभएको छ, तर सो लेखका बाँकि सबै कुराहरु निकै तथ्यपरक भएको उल्लेख गर्नुभएको छ । यदि तपाईँले पोखरेलको सफायाको मनसाय र प्रयासप्रति खेद प्रकट गरेको वा माफी मागेको कुरा उक्त पत्रिकाले नछापेको भए पनि अन्यत्र कहिँ सुलभरुपमा तपाईँको त्यसकिसीमको स्पष्टिकरण मैले अहिलेसम्म फेला पारेको छैन। साथै तपाईँले खुब गर्व गरेको गोरखाको आफैँले पढेको सो स्कूल लगायत देशभरीकाअन्य कति राम्रा विद्यालयहरु तपाईँको पार्टीले बन्द गर्न बाध्य बनाउने गरेकोबारे पनि तपाईँको के धारणा हो, मलाई थाहा छैन ।

आज माओवादिमा तपाईँले फरक, नरम र उदार धारको प्रतिनिधित्व गर्ने गरेकोले तपाईँ आफ्नै पार्टीभित्र आफैले हुर्काएको पद्दतिको शिकार बन्नुहुँदैछ भन्ने खालका लेखहरु प्रशस्त पढ्न पाइन्छन्। कतैकतै छुट्टै पार्टी खोल्नेबारे पनि टिप्पणीहरु पढेको छु। यो मेरो व्यक्तिगत आंकलन हो कि सैन्य र अर्धसैन्य संरचनाहरु साथै रहुन्जेल र तीनको भयको आडमा मनपरी गर्न पाउन्जेल तपाईँ लगायत माओवादिका कुनै पनि वरिष्ठ नेता पार्टी टुक्राई ती सौदा-सुविधाबाट बिमुख हुने आँट गर्ने छैनन्- तर तपाईँ साँच्चै असल धारको नेता हो भने तपाईँले यस्ता प्रश्नहरुको जवाफ हामीलाई दिनैपर्ने हुन्छ। तपाईँको पार्टी र प्रकारान्तले देश-समाजमा विकसित विभिन्न प्रवृत्तिहरुमा तपाईँको कति जिम्मेवारी हो, कति होईन? तपाईँमाथि आज पार्टीको अर्को भनिने धारले गरेको व्यवहार सकेको र मत मिलेको बेलामा तपाईँले आफ्ना वा पार्टीका अरु विरोधिहरुमाथि हुन दिनबाट रोक्न के कति पहल गर्नुभयो, र केहि नगर्नुभएको भए पनि भविष्यमा हुन नदिन केहि गर्नुहुने छ कि छैन ? सच्चा राजनेताहरु आफूबाट गल्ती भएको भए स्विकार गरी जनता समक्ष माफी माग्न पनि तयार हुन्छन् र जनतापनि त्यसपछि झन बढि आश्वस्त भई ती नेतालाई मन पराउँछन- मलाई लाग्छ तपाईँमा हाम्रा साझा राजनेता बन्न आवश्यक प्रशस्त विशेषता छन् ।

मसँग यस्ता अरु प्रश्नहरु पनि छन्; हुन त तपाईँको लागि मात्र होइन, मेरो पुस्ताले सम्मान गर्ने गगन थापा लगायतका अन्य नेताहरुप्रति पनि मेरा केहि प्रश्नहरु छन्, ती क्रमश लेख्दै र सोध्दै जाने प्रयास गर्नेछु। सर्वप्रथम म तपाईँजस्तो उच्च शिक्षा, नैतिकता, त्याग, लगनशिलता, सिद्दान्तनिष्ठा जस्ता उत्तम गुणहरुले सुसज्जित र धेरै नेपालीका सपनाका धरोहर र सहानुभूती जित्न सफल नेताबाट माथि सोधिएका केहि आधारभूत प्रश्नहरुको उत्तर अपेक्षा गर्नेछु- मलाई विश्वास गर्नुहोस्, तपाईँले हाम्रा विकासनिर्माण सम्बन्धि र अन्य आधारभूत मागहरुप्रति समर्थन जनाउनुभयो भने हामी तपाईँलाई समर्थन गर्न र सफल बनाउन हदैसम्म लागिपर्नेछौँ- आखिर हाम्रो आफ्नै भविष्य हामीले नबनाए कस्ले बनाइदिन्छ र ? हामीले असल नेताहरु निर्माण गरी तिनमा विश्वास, जिम्मेवारी र सम्मान लगानी नगरे कसले गर्छ र ? हामीलाई साथ दिनुहोस्, हामी तपाईँलाई साथ दिनेछौँ।

म तपाईँको उत्तरको प्रतिक्षा गर्नेछु।  जवाफ लेख्दा देशका शिक्षण संस्थाहरुको बेथिती र चरम राजनीतिकरणले हड्तालले गर्दा म लगायतका पाठकहरुले धेरै राम्रो अध्ययन गर्ने अवसर नपाएको हुनसक्नेतर्फ बिचार पुर्याइदिनुभई कृपया सरल, बुझिने र द्वैध अर्थ नलाग्ने शब्दहरुको प्रयोग गर्ने प्रयास गर्नुहोला । फेरी नेपाली राजनीतिको चिरिच्याँठलाग्दो कोलाहल र नेताहरुका कर्कस शब्दहरुबाट युवा र कलिला पुस्तामा उत्पन्न हुनसक्ने मानसिक तनावको उपचारनै गर्नुपरे पनि देशभरी स्वास्थ्य सेवाको स्थिती के छ यहाँलाई थाहै होला । साथै संभव भएसम्म ममाथि कुनै बनिबनाउ बिल्लाहरु भिराउने वा त्यस्तै कुनै व्यक्तिगत प्रहार र आक्षेपहरु लगाई भ्रामक तर्कहरु (ad hominem) नगर्ने कोशोस गरिदिनुहोला- म बिरालो नै हुँ भनेपनि मजस्ता बिरालाहरुको नेता हुने बाटो तपाईँले आफ्नै रहरले रोज्नुभएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s