अधिकार र दायित्व


उधाहरणको निम्ति मानौँ कुनै सार्वजनिक स्थल, जस्तै बाटो, टुँडिखेल वा बसमा कोहि प्रेमी-प्रेमीका झगडा गर्दैछन्, या त प्रत्यक्ष या फोनमा । प्रेमीकाले प्रेमीलाई परस्त्रीसँग संबन्ध राखेको विषयलाई लिएर नानाथरी कुरा गर्दै गाली गर्दैछिन् । यो हामीले बारम्बार देख्ने गरेको, हेर्ने गरेको दृष्य हो । समाजमा यस्ता धेरै कुराहरु छन् जो हुन्छन्, घटिरहन्छन् भनेर हामीलाई थाहा छ, तर ती सम्बन्धित व्यक्तिहरुका नितान्त निजी जीवनका घटनाहरु हुन् । विवाद गर्न सकिएला कि निजी कुराहरु सार्वजनीक स्थानमा गर्न हुने कि नहुने वा कस्तो किसिमले गर्ने । सम्बन्धित व्यक्तिहरुले हामीलाई पटक्कै मननपर्ने र असभ्य शैलीमा आफ्ना क्रियाकलापहरु गरिराखेका पनि हुनसक्छन्, त्यसको समाधान कसरी गर्ने भन्ने कुरामा लामो बहस गर्न सकिन्छ । ती व्यक्तिहरुलाई मैला लुगाहरु घरमै धोउ, बाटोमा ल्याएर नधोउ पनि भन्न सकिन्छ ।

तर माथी उल्लेख गरिएको झगडाको संवाद भोलिपल्टको पत्रिकामा, ठूला, रङ्गिन अक्षरमा, सम्बन्धित व्यक्तिहरुका नाम सहित प्रकाशित गर्न हुने हो कि नहुने हो ? अझ देशको सबैभन्दा बढि बिक्रि हुने पत्रिकाले ? सो कुरा प्रकाशन गर्ने सम्बन्धित पत्रकार-सम्पादक र ती व्यक्तिहरुबिच केहि व्यक्तिगत रिसिबिको कारण यसो हुनगएको सम्म अनुमान गर्न सकिन्छ, तर पनि त्यसो गर्न हुने हो कि नहुने हो ?

अधिकार
संविधानमा राष्ट्रप्रमुखलाई प्रायजसो सङ्कटकाल लगाउने अधिकार दिईको हुन्छ, यस्ता धेरै विशेष अधिकारहरु हुन्छन् । तर सङ्कटकाल पुरै संविधानको आयुभरी गुई-चार पटक मात्र लाग्छ, यदि लागिहालेमा । अधिकार रहनुको मतलब जहिले, जसरी पनि त्यसको प्रयोग गर्ने पाउने भन्ने होईन । कुनै कुरा कानुनी हुनु भनेको सबै स्थितीमा, जे सुकै होस्, त्यसो गर्ने पाईन्छ भनेको होईन । कानून र अधिकार अन्धाधुन्द जे मनलाग्यो त्यसो गर्नेको लागी बनाईएको होईन – मानिसले आफ्नो सुझबुझ, र ठिक-बेठिकको ख्याल जहिलेपनि गर्नसक्ने भएको हुँदा ती अधिकारहरुको प्रयोग सुझबुझले नै गर्नेछन् भन्ने असल नियतको अपेक्षामा ती बनाईएका हुन्छन् । साथै सो अधिकार वा कानून प्रयोग गर्दा अन्य मानिसका अधिकारहरु हनन् वा कुण्ठित नहुने किसीमले गर्नुपर्छ भन्ने मान्यता हो ।

दायित्व
सबै अधिकार र कानून दायित्व बोधगर्ने मानिसहरुको असल नियतको अपेक्षामा बनाइएका हुन्छन्, होईन भने हरेक राष्ट्रप्रमुखले सङ्कटकाल लगाईदिए भयो वा अभिव्यक्ति स्वतन्त्रताको हवाला दिएर मेरो अभिव्यक्ति गर्ने तरिका काटमार र हिंसा हो, त्यसकारण यो कानूनी छ भन्दिए भयो । अधिकारहरुसँगै जहिले पनि दायित्वहरु गाँसिएका हुन्छन् – विना दायित्व अधिकारको कुरा गर्नु कुरै नबुझि उफ्रिनु जस्तै मूर्खता हो- दु:खसाथ भन्नुपर्छ मलाई त्यस्तो व्यवहार प्रती टिठ र दया लागेर आउँछ। कानूनी अधिकार र प्रजातन्त्रको कुरा गरेर सभ्य मानिस हुँ भन्नेले साथमै दायित्वका कुरा पनि बिर्सनु हुँदैन ।

यस्ता दायित्व निजी जीवनमा भन्दा सार्वजनीक जीवनमा बढि आइपर्छन्, त्यसकारण भनिएको छ, ठूला शक्तिसँगै ठूला दायित्वहरुपनि गाँसिएका हुन्छन् । प्रेसलाई राज्को चौथो अङ्ग भनिएको हुन्छ- यसको महत्व बुझ्न पहिला, दोश्रा र तेश्रा अङ्गहरु न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका हुन् भन्ने सम्झनुपर्छ । त्यसकारण पत्रिका र पत्रकारहरुबाट पनि ती अङ्गहरुबाट अपेक्षा गरिने जस्तै दायित्वबोधको अपेक्षा गरिएको हुन्छ ।

खास के भयो ?
हुन त धेरै यस्ता उधाहरणहरु छन्: हामीले पत्रिकाहरु अझ बढि जिम्मेवार र समाजलाई सकारात्मक सुधारको बाटो देखाउन सक्ने होउन् भनेर आफूले जानेका कुरा र देखेका कमजोरीहरु औँल्याउँदै आएका छौँ- हाम्रो समाज आधुनिक समाज विकासक्रमको कलिलै उमेरमा रहेको हुँदा यहाँ धेरै गल्तिहरु हुनसक्छन्, हामीबाट र जोसुकैबाटपनि- महत्वपूर्ण कुरा तीनको मनन गरेर कसरी सुधारोन्मुख हुने भनेर प्रयास गर्नु हो। सबै विकसित समाजहरु आफ्ना पुराना गल्तिहरुले स्थापित गरेका नजीरहरुका प्रगती गरिरहेका हुन्छन् ।

त्यस्तै नेपाली प्रेस नेपालमै कार्य गर्ने हुँदा नेपाली समाजको चरित्र र बनोट अनुसारको भुमिका निभाउन जान्नुपर्दछ भन्ने मेरो मान्यता हो। धेरै पटक एकान्तमा रमाईरहेका प्रेमी-प्रेमीकाका तस्विर अनुहारनै देखिने गरी प्रकाशन गरिएका छन्, ती पनि ठूला पत्रिकाकै मुख्यपृष्ठमै । सो पत्रिकाका सम्बन्धित पत्रकारकै हकमा त्यसो भएको भए के प्रतिक्रिया हुनेथियो होला ? एकजना प्रविधिमा दखल राख्ने मित्रले त तपाँईहरुले सकेको गर्ने, हामीले पनि गर्न सकेको गर्ने भए यस्तो गैह्रजिम्मेवार काम जारी राखे हामी तपाईँहरुका फोन कलका रेकर्डहरु, गोप्य ईमेल वार्ताका प्रतिहरु सार्वजनिक गर्दिने लगायत तँपाईका वेवसाईटहरु बिगारिदिन पनि सक्छौ, त्यसकारण अलि राम्रो व्यवहार गर्नुहोला सम्म भनेका छन्, सार्वजनीक कार्यक्रममै । समाज यस्तै सबैको सद्भाव र असल नियतहरुमा टिकेको हुन्छ, सबैले आँफूले गर्नसकेको गर्ने हो भने यहाँ के के हुनेहो त्यसबारे सबैले कल्पना गर्न सकिन्छ ।

त्यस्तै हिजोआज कान्तिपुर को हेलो शुक्रबार भन्ने परिशिष्ठमा ट्विटरमा लेखिएका कुराकानीहरु छानेर प्रकाशित गर्ने गरेको छ । यसमा त्यस्तो आपत्ति गर्नुपर्ने केहि कारण छैन । तर प्रायजसो हरेक हप्ता मानिसका व्यक्तिगत कुराकानीका अंशहरु, र ती पनि तोडमोड गरेर प्रकाशित गर्ने गरेको पाईएको छ । यसमा केहि सम्बन्धित मानिसले यसो नगरौँ, यो प्रकाशित गर्दा त मेरो प्रेम जीवनमै धक्का पुग्ने भयो वा मेरो जागीर नै जाने भयो भनेर सो पत्रिकाका सम्बन्धित व्यक्तिलाई ट्विटरमै गुनासो गर्दा माथि उल्लेख गरिएजस्तै कानून-अधिकार र यावत असान्दर्भिक कुराहरुको हवाला दिएर गल्ति भएको हुनसक्ने र सुधार गर्न आपत्ति नहुने जस्ता समझदारीका कुरा गर्नुको साटो उल्टै धम्कि र “बढि नहो- म अरु पनि छाप्दिउँ ?” भन्ने जस्तो व्यवहार गरेको पाईयो ।

यस विषयमा हिजो ट्विट डिबेटमा पनि छलफल भइसकेको हुँदा कुराहरु दोहोर‌्याउन चाहन्न, सबै बिचारहरु त्यहिँ व्यक्त गरेको छु मैले पनि । सो बहसको उठान, निष्कर्शहरु र नतिजास्वरूप लेखिएको “सम्पादकलाई चिठ्ठि” इन्टरनेटमा उपलब्ध छन् । भूमिका घिमिरेले पनि राम्रो लेख्नुभएको छ । थप बहस गर्नुपरे तल कमेन्ट गर्नुहोला- म तयार र उपलब्ध छु ।

आशा गरौँ भविष्यमा यस्ता समस्याहरु सुझबुझका साथ विना धेरै वहस समाधान गर्नसक्ने क्षमताको हामीमा विकास हुनेछ र यस्ता विषयमा हप्तौँसम्म बहस गरेर बस्नुभन्दा देशका धेरै महत्वपूर्ण समस्याहरुछन्- आफ्ना अमूल्य श्रोतहरु त्यतातीत खर्च गर्नसक्ने स्थितिको निर्माण होस् । हामी सबैले एकअर्कालाई सहयोग गरेमा मात्र यो लक्ष प्राप्त गर्न हामी सफक हुनेछौँ ।

13 thoughts on “अधिकार र दायित्व

  1. खासमा यो बहस पक्ष विपक्ष भन्दा पनि निरपेक्ष ढंगले हेर्ने प्रयास गरें मैले। हुन त मेरा व्यक्तिगत सार्वजनिक भनाई (फेसबुक ट्विट आदि) कुनै पनि मिडियामा छाप्न सान्दर्भिक हुन कि हैनन् वा मेरो गैर सामाजिक आचरण कसैको मनोरन्जनको साधन हुन कि हैनन् म आंकलन गर्न सक्दिन। तर मलाई चैं विषय सन्दर्भ विना गरिएका सस्ता प्रतिकृया न मन पर्छ न त त्यसमाथीका वादविवाद। यो घटनाबाट एउटा रमाईलो अनुभुती प्राप्त गरें मैले, जे होस् ईन्टरनेट र यसमा रहेका सामाजिक सन्जालको प्रभाव चाहिँ गहिरो हुँदै गएछ हाम्रोमा पनि। अब रह्यो कुरा सामाजिक दायित्वको। अरुको चैं थाहा छैन तर मेरो मापदण्डमा दुवै पक्ष नराम्ररी फेल भएका छन।
    लेख्नेले त लेखिहाल्यो, छाप्नेले नि छाप्दिहाल्यो। रिस उठ्नेले त गाली सुझाव बर्षाए अनि छाप्नेको नि प्रतिक्रिया आयो। तर विचरा बाँकी ले खै के बुझे होलान्? न साँच्चै रमाईलो पो माने कि??

    • त्यो आशिष भन्ने ले बडी घमन्ड नदेखाय हुन्छ , कान्तिपुरमा त्यसको आफ्नो मान्छे भएर छिरेको हो ! त्यसले बुझोस् , तेस्को घमण्ड कुनै दिन खत्तम बनाई दिने छौ ,तेरो लेख मा म मात्र ठुलो मान्छे हु भन्ने पाराको लेख हुन्छ ! कम्पुटर का दुइ चार क ख पढे भन्दैमा घमण्ड नदेखा महाराज , त नेपाल मै छस ! तेरो कान्तिपुरमा पुतलीसडक र बाग बजार को कोचिंग सेन्टर को बिज्ञापन बाहेक पढ्न योग्य लेख के छ ? धेरै राम्रा युवा हरु ओझेल मा परेका छन्

  2. त्यहि त, यस्तो तरिकाले त के होला र खै? आखिरमा हामीले के पायौँ- केहि न केहि । यसबाट हामीले केहि पाठ सिकेनौँ, कसैले पनि । उहि पुरानै अडानहरुलाई कडा मात्र बनायौँ, अरुको कुरा बुझ्ने, आफ्नो बुझाउने प्रयास गरेनौँ । सबै फेल भए, हो सहि हो ।

  3. “यसमा केहि सम्बन्धित मानिसले यसो नगरौँ, यो प्रकाशित गर्दा त मेरो प्रेम जीवनमै धक्का पुग्ने भयो वा मेरो जागीर नै जाने भयो भनेर सो पत्रिकाका सम्बन्धित व्यक्तिलाई ट्विटरमै गुनासो गर्दा माथि उल्लेख गरिएजस्तै कानून-अधिकार र यावत असान्दर्भिक कुराहरुको हवाला दिएर गल्ति भएको हुनसक्ने र सुधार गर्न आपत्ति नहुने जस्ता समझदारीका कुरा गर्नुको साटो उल्टै धम्कि र “बढि नहो- म अरु पनि छाप्दिउँ ?” भन्ने जस्तो व्यवहार गरेको पाईयो ।”

    >>>यो प्रतिक्रिया लेख्न मलाई सजिलो छ किनकी म anonymity को मिठो आवरणमा लुकेको छु । मैले पनि तपाईले जस्तो सोझै आफ्नो नाम प्रकाशित गर्ने हुति नभएरै यसो गरेको हुँ । त्यस अर्थमा म तपाइजस्तै कायर पनि हुँ । तर कायरपनामा जे जस्तो पनि लेख्न सकिन्छ किनकी उत्तरदायित्वको झन्झट हुदैन । मैले पनि उल्लेखित विवादबारेका ट्विट्स आदि नियाले । मलाई लाग्यो “प्रेम जीवनमै धक्का पुग्ने भयो वा मेरो जागीर नै जाने भयो” भनेर डराउने हुतिहाराले किन सार्वजनिकरुपमा देखिने गरी ट्विट गर्नु ? त्यो प्रश्न गर्ने हुति त तपाईले पनि देखाउनु भएन । ती ट्विट सैदान्तिकरुपमा कुनै पनि माध्यमबाट तिनका हाकिम सम्म पुग्न सक्ने सम्भावना थियो नै, पत्रिकामै नआउदा पनि । अनि पत्रकारले ट्विट छापिदा आएका प्रतिक्रियालाई पत्रिकामा प्रकासन गर्न सकिने भनि दिइएको जवाफमा धम्कि देख्ने तपाइका आखाले पत्रकारलाई ज्यानै मार्ने धम्की र अश्लिल शब्द प्रयोग गर्दै प्रकाशित गरिएका ट्विट देखेनछन् । तेत्रो अश्लिल गालि र ज्यानको धम्की आउदा पनि पत्रकारले सम्यम गुमाएको मैले देखिन । अनि तपाईले दुबै पक्षलाई मज्जाले एउटै घानमा राखिदिनु भएछ । धन्य तपाईको निर्यण क्षमता !

    • पाठकज्यू, कमेन्टको लागि धन्यवाद,
      सर्वप्रथम त ‘हुती’ को तपाईँको गजबको परिभाषाबाट शुरु गरौँ- म कुनै विषयमा र कसैलाई हुती देखाउन यो दुनियामा आएको होईन, यो ब्लगको त कुरै छोडौँ । फेरी नामसँग त्यस्तो के जोडिएको छ? मैले यो ब्लग कुनै एउटा अमुक नाम, जस्तै उत्तम कार्की भनेर चलाएको भए चाहिँ हुती देखाएको हुने थियो? इन्टरनेटमा नामकै पछि पर्नुपर्ने कारणसँग लेख्ने मानिसको ‘हुती’ जिम्मेवार हो कि असङ्लग्न भई पढ्न नसक्ने पाठकको दरिद्रता? भनिदिनुहोला । तैपनि यदि तपाईँलाई मेरो परिचय नभई नहुने भएको भए भन्नुहोला, म इमेल गरिदिनेछु – तर मैले लेखेका र भनेका कुराहरुमा केहि फरक आउने छैनन् । यसैपनि यो ब्लगका धेरै पाठकहरुलाई मेरो परिचय राम्रोसँग थाहै छ, त्यसकारण म कुनै आवरणमा लुकेको छैन ।

      दोश्रो कुरा सबै प्रश्नहरु सबैलाई नसोधेकोमा मलाई दोष लगाउने ठाउँ छैन । अनि अरुले के कारणले ट्विट गर्छन् मेरो चासोको विषय होईन- म कसैलाई यसो गर्नु वा नगर्नु चरित्रवान हो भनेर नैतिकताका पाठ पनि पढाउन चाहन्न । फेरी कुनै ट्विट छाप्नै नहुने भनेर मैले भनेको छैन- नछापेको भए अलि बढि सुझबुझपूर्ण हुन्थ्यो होला भनेर सुझाव मात्र दिएको। पत्रिकाले धेरै कुरा छाप्न सक्छ, छापिराखे हुन्छ, मलाई केहि आपत्ति छैन । सबैले आफूले गर्नसक्ने जती सबै गर्ने हो भने के होला भन्ने मात्र मेरो चासो । मैले ज्यानमा धम्कि दिने खालका केहि कुरा देखिन, अतिरञ्जित पारिएको भए थाहा छैन । फेरी तपाईँलाई सैद्दान्तिक सम्पूर्णता र तथ्यगत तर्कको शोख जस्तो लाग्यो- त्यसो हो भने मैले यो विषयमा यो ब्लग बाहेक अन्यत्रपनि कुराहरु राखेको कुरा उल्लेख गरेको छु, समय भए हेरिदिनुभए हुन्छ – त्यसपछि तपाईँका हालका प्रश्नहरु उत्तिकै सान्दर्भिक भए भने म बहस गर्न तयार छु । हालकै स्थितिमा तपाईँका बाकि कमेन्टमाथि ध्यान दिनु किमार्थ उचित लागेन, किनकि तीनमा खली निराधार आरोपका प्रयास मात्र छन्, सत्यता छैनन् ।

      • What the heck is Kantipur Guys are doing ? They want to be highlighted , nothing more ! The guy named aashis lute is simply Idiots /morons, almost all people of twitter undersatnd his understimate while writing ! They think themself SUPERIOUR , they are suffering from anxiey , phobia, insomnia, multiple worries etc and other illness ! Egoist ppl ! Please ushaft and other guy teach them !

    • Dear PATHAK,
      I neither had the need nor the intention whatsoever to comment in this thread. Looking at these comments, I honestly felt u are doing what Journalists do best, pick facts from the truth.
      I couldn’t help myself. Sorry.
      People in the twitter had not opposed to tweets getting published in the Friday Supplement until to the last two editions prior to Friday’s nightmare. Things were going smooth and none had got any problems OR OBJECTIONS. Have u ever tried to wonder what could have gone wrong in latest two issues, that led to the outcry?
      The answer is simple, the tweets were enraging. If u pick a conversation of two people, and publish it, what a third person will make of it? I can bet, even u don’t have any idea what that published tweet was about.
      “Now, will you ask the Times if they sought prior permission from Bieber to publish his tweets? If you ask me, I would say: No, the Times didn’t seek permission because anything posted on Twitter as an unprotected tweet counts as a public statement.

      FIRST THINGS FIRST.
      Do NYT photoshops the published tweets??? The Hello Shukrabar ‘tabloid’ (since, u yourself has accepted it to be tabloid) had clearly photoshoped the tweet. What made the journalist tamper with the tweets even if it is public? You call that ethical? (Since u refer to PCC’s ruling, give me a ruling where you can photoshop the writing of the owner without permission and publish it) Isn’t that breach of intellectual property rights?
      If I sound edit of your public speaking and make it according to my disposal, what would you make of it? Going by your supersonic logic it must be purely legal and ethical.
      ” अनि त्यत्रो अश्लिल शब्दमा गालि गर्दा एउटै पनि पुरै जवाफ नम्र भाषामा जवाफ दिने पत्रकारकै गल्ति भयो ?”
      If you happen to go through the timeline of @aashisluitel and @wagle , you can find out how professional, ethical and reasonable their replies were. @aashisluitel replies ” I write for million readers, not for twitter people, keep barking, I don’t care.” Heights of elegance. WOW
      Next day he writes ” I write for me and myself. I am not here for the money.Journalism is my interest. Kepp BArking I don’t care…” I think thats the definition of professionalism in Kantipur.
      @wagle writes even better ” Those who are incompetent in their fields, tell journalist what to write. I am not gonna listen…”
      GREAT . Perfect future leader. He surely can tell who are competent and who are not. He should have been running White House. How come he be working on Kantipur. Disgusting Nah, sheer injustice for his competency.
      During the debates, We, as users of the internet, had been to certain level of lowness in our tweets. And we had apologised for that. I personally had apologised for my rudeness. And what I got in return, “Don’t tell us what to do. We know it all. We know what is right and what to write.” What could be more pathetic to expect from the journos of biggest media house???
      You have right to do, doesn’t mean its right to do.
      All we asked for was developing a minimum criteria, setting a minimum standard on what tweets should make to a largest selling national daily, unless some reporters are hell-bent on turning it to Tabloid.
      We weren’t, aren’t and won’t be against publishing of our UNPROTECTED tweets.(Not Photoshoping, MIND IT)
      Oh, by the way, Deccan Herald too publishes top tweets DAILY. I love reading those tweets, such standard and perfection that they make us think twice.
      This is where integrity, objectivity and conscience counts. 150 million tweets are tweeted daily. U could pick anyone. Why these 4 tweets? Why the fuss?? Thats a million-dollar-question.
      IF SIN ACHIEVES SOMETHING GOOD, IT IS A VIRTUE, AND IF VIRTUE IS DEPLOYED TO CAUSE EVIL, IT IS THE SIN.
      And talking about MORALS and VIRTUES, we all know how that is followed in Nepali Media.( Ekantipur reported in its online version, State Minister for Finance resigned on 21 April, whereas the actual resignation was declared on 22nd, and they deleted report within few hours)….
      UFFFF We are living in a cynical world. Can’t even decide whom to believe, what to believe and how to believe. People just have too many faces.

      P.S I won’t mind even if this reply isn’t published. I can stand firm for what I believe and I needn’t explain to ANYONE and I mean anyone why I believe what I believe. (Learnt from OUR journalists.)

  4. परिचय खुलाहुँदा एउटा कुरा गर्ने र नाम लुकाउदा अर्को गर्ने समाजको रितसँग तपाई राम्रै परिचित भएजस्तो लाग्यो । र, त्यसमा म कुनै अनौठो देख्दिन ।

    तर मेरा प्रश्नको उत्तर नदिइ त्यसको सेरोफेरोमा रहेर दिइएको जवाफले चाहि मलाई यो लेख्न बाध्य तुल्यायो । मेरो प्रश्न थियो-

    मलाई लाग्यो “प्रेम जीवनमै धक्का पुग्ने भयो वा मेरो जागीर नै जाने भयो” भनेर डराउने हुतिहाराले किन सार्वजनिकरुपमा देखिने गरी ट्विट गर्नु ?

    आफै टिटरमा खुलारुपमा सबै सर्च इन्जिन र सैदान्तिकरुपमा उनकै हाकिम्नीसहित इन्टरनेटको पहुँच भएका सबैले देख्न सक्ने गरी कुरा लेख्ने, अनि त्यही कुरा हुबहुँ ट्विटरको भन्दा कम पाठक भएको पत्रिकामा ‘रिट्विट’ हुदा पत्रिकाले मेरो जागिर धरापमा पार्यो भन्ने मानसिकतासँग तपाई सहमत भएको देख्दा चाहि मलाई ताजुव लागेको हो । सहमत मात्रै होइन उल्दै पत्रिकालाई गालि गर्नेहरुको समुहमा परेको देख्दा निराशा पनि उत्पन्न भएकै हो ।

    यो ब्लगमा तपाइले लेखेका कुरा कसैले पढेर निराश भएर आत्महत्या गर्यो भने त्यसको दोष वर्डप्रेसलाई दिने ? त्यसै हो भने र ति ट्विट गर्ने व्यक्ति आफूले लेखेको कुराप्रति जिम्मेवार हुनसक्दैनन भने के त्यो दोष पत्रिकालाई जस्तै ट्विटरलाई पनि किन नदिने ? आखिर जागिर धरापमा पर्ने टि्वट उनलाई लेख्न मन्च ट्विटरले प्रदान गरेको हो नि । अनि इन्टरनेट उपलब्ध गराउने आइएस्पीलाई किन नदिने ? आफ्ने अक्षमता लुकाउन माध्यमलाई दोष किन ? सन्देशबाहकलाई किन दोष लगाइन्छ जवकी उक्त व्यक्ति आफै सावधानी नपुर्याइ ट्विट गर्छ ?

    ज्यानमा धम्कि दिने खालका केही देखिन ? आम्मामा हौ । “त्यो मेरो छेउमा आओस, मेरा हातबाट मर्ने त्यो दोस्रो व्यक्ति हुन्छ”, “लु मैले सुपारी दिए है त्यसका हातखुट्टा भाच्ने, भाच्छु/भाच” जस्ता वाक्यमा तपाई ज्यानमाथिको धम्कि देख्नु हुन्छ ? त्यसो भए के चाहि ज्यानमाथिको धम्की हुन्छ तपाईका लागि । अनि ती अश्लिल ट्विटमा गालि गर्नेलाई यही ब्लगमा यत्रो शब्द खर्चिदा किन केही टिप्पणी गर्न नसकेको भन्ने प्रश्नको जवाफ पनि पाउँ न । त्यही कुरा मात्र छुटाउनु अनि अरुलाई, “सबैले आफूले गर्नसक्ने जती सबै गर्ने हो भने” भन्दै पन्साउनु कुन नैतिकतामा पर्छ ? अनि त्यत्रो अश्लिल शब्दमा गालि गर्दा एउटै पनि पुरै जवाफ नम्र भाषामा जवाफ दिने पत्रकारकै गल्ति भयो ?

    “अनि अरुले के कारणले ट्विट गर्छन् मेरो चासोको विषय होईन”

    >>चासो होइन भने त्यही ट्विट पत्रिकामा रिट्विट हुदा चाहि किन यत्रो इन्ट्रिलेखेको त पत्रिका र पत्रकारहरको तेजोबध गर्दै ?

    • पाठकज्यू, फेरी धन्वाद कमेन्टको लागि ।
      १ मैले तपाईँले उठाएका सबै कुराहरुको जवाफ मिल्ने खालका कुराहरु भनिसकेको छु जस्तो लागेको ले ती दोहोर्याउन नचाहेको मात्र हो। मेरो ट्विटर टाइमलाईनमा विगत केहि दिनका ट्विटहरु हेरिदिनुहोला ।
      २ मैले माथि दिएको उधाहरण जस्तै मानिसले सार्वजनिक स्थलमै पनि गर्न नहुने वा असभ्य कुराहरु गर्नसक्छ, यो सोचेर कि “यो कुरा धेरै मानिससम्म पुग्दैन, के भो र?” यो सहि हो कि हैन भनेर उसैले जानोस् तर यस्ता कुरौटे कुरा पत्रिकामा किन आउनुपर्यो ? पत्रिका वा पत्रकारलाई केहि कुरा गैह्रकानूनी लागे एउटा कुरा, तर अनैतिक लागे आफ्नै छोराछोरी छा नजिककालाई सिकाए भयो। मलाई खुला समाजमा मोरल-प्रहरीहरु चाहिन्छ जस्तो लाग्दैन। नैतिकता एक दुई व्यक्तिलाई पाठ पढाएर बढ्ने पनि होईन समाजमा । फेरी के नैतिक, के अनैतिक, त्यो सिकाउने कस्ले हो?
      ३ मैले पत्रिकालाई गाली गरेको छैन । फेरीपनि मेर ट्विटहरु पढ्नुहोला- मैले जथाभावि भद्दा ट्विट गर्नेहरुसँग पटक्कै सहमती जनाएको छैन- उल्टै त्यसो नगरौँ भनेर बुझाउन हरसम्भव प्रयास गरेको छु । मैले ‘ट्विट छाप्न पाउनु हुँदैन’, ‘ट्विट छाप्नुअघि अनुमति लिनु पर्यो’ जस्ता कुरा पनि गरेको छैन- मैले खालि अलि बढि जिम्मेवारीबोध र सुझबुझ देखाउनु पर्यो भनेको हो । म स्वतन्त्र प्रेसले आफूसम्बन्धि निर्णयहरु आफैँ लिनुपर्छ, पाठकहरुका सुझाव मनन गर्न सके राम्रै हो भन्ने मान्यता राख्छु । मैले त्यस्तै सुझावहरु मात्र पेश गर्ने कोशिस गरेको ।
      ४ सन्देशबाहकको दोष होईन, दोष दिँन्न पनि । तर यहाँ तँभन्दा म के कम भन्ने किसिमको जुहारी चल्नु आष्चर्यजनक छ । प्रेसमा मान्छेले यस्तो नगरेको भए हुने, राम्रा उधाहरण बन्न प्रयास गरेको भए हुने। सम्बन्धित पत्रकारका ट्विटर टाईमलाईन हेर्नुस। हुन त उनले धेरै ट्विटहरुका (कतिपय अति छुद्र र भद्दा) जवाफ दिएर बसेका थिए, जसको म सह्राना गर्दछु, तर उनले प्राय सबैसँग यी मेरा पाठक हुन् – यीनको कुरा सुनौँ- यीनको कुरा ठिक-बेठिक जे भएपनि मेरो र मेरै पत्रिकाको लागि भनेका हुन्- भन्ने खालको धारणा राखेको भए राम्रो हुन्थ्यो होला । तर उनले घृणालाई नै मलजल पुग्ने खालका ट्विटहरु गरेको देखियो , एकदम अहं प्रदर्शन गरेको देखियो । फेरी सामान्य जनहरुलाई एक-एक गरी नैतिकता सिकाउने काम पत्रिकाको हो जस्तो मलाई नलाग्ने भएको हुँदा यसो भनेको हुँ, तपाईँका बिचार फरक हुनसक्छन् ।
      ५ मैले सबै प्रश्नहरुप्रति मेरो धारणा दिनसकेँ भन्ने लागेको छ, केहि बाँकि भए फेरी गरौँला ।

      • अनि अर्को कुरा, मुख्य विषय: मानिसले गरेका कस्ता कस्ता ट्विटहरु चाहिँ छाप्दा राम्रो, कस्ता नछाप्दा राम्रो भन्ने बारे मेरो धारणसँगै सहमती राख्ने निकै राम्रा पत्रकारहरु पनि भेटेको छु, ट्विटरमै- त्यसकारण यी बुँदाहरु केवल केहि छुद्र व्यक्तिहरुले गरे भनेर ठालूपन देखाउने स्थान छ जस्तो मलाई लाग्दैन । मैले जस्तै उनीहरुले पनि यो अलि सुझबुझको कमी भयो, यस्तो नगरेको राम्रो भनेरै भनेका छन् ।

  5. अनि तपाइले भूमिका घिमिरेले पनि राम्रो लेख्नु भएको छ भन्ने पढेपछि मैले पनि त्यो हेरे । तपाइलाई राम्रो लागेको कुरासँग मेरा केही असहमति रहे । भूमिकाले अहिलेसम्म मेरो प्रतिक्रया मोडरेट नगरेकाले मैले तपाईलाई जानकारी दिन यो यहा पेष्ट गरेको छु । लामो छ । हुन त एउटा ब्लगका लागि लेखिएको प्रतिक्रिया अर्कोमा समान्यत पोष्ट गरिदैन । तर सम्बन्धित ब्लगले वितेका आठ घन्टामा पनि स्वकृत नगरेकाले मलाई यता या अन्य जुनै पनि साइटमा पठाउन बाटो खुलेको मैले ठानेको छु । फेरी तपाईले राम्रो भनि प्रश‌सा गरेको लेखमा मलाई यो यो चित्त बुझेन भनेर लेख्न यही पनि पाइनु पर्छ भन्ने लागेको हो ।

    Bhumika Ghimire says: “Yes, the tweets were publicly viewable but that does not imply that the user was ok granting a national newspaper rights to publish it and make it available to larger public.”

    >>Make it available to larger public? Are you aware about the number the registered Twitter users? More than 175 millions. And public tweets can, in principle, be accessed by almost anyone with access to the Internet. There are more than a billion people with the access to the net. Kantipur website claims that the paper has a circulation of about 200,000 copies. Are you saying that a tweet when reproduced from Twitter in Kantipur can go to the audience larger than Twitter already has?

    I hope you will agree with the fact that Twitter, with all the openness it provides, is a public forum. (I am not talking about the protected tweets) Whatever said on this forum is liable to laws. For example, in the US you can’t not use Twitter, or any other web site or medium for that matter, to issue death threats. That will be illegal. Which means whatever expressed on Twitter is subject to legal action.

    International examples show that newspapers do not need to get prior permission from the Twitterer to publish his/her tweets if they are unprotected. Nepal doesn’t have any explicit ruling with regard to newspapers’ right to publish (or not to publish) tweets but in such cases, in the world of law, established precedence, examples and rulings around the world, in other countries,- mostly in democracies- are taken into account by other democracies.

    Here are couple of paragraphs from the Guardian newspaper in the US (Tuesday 8 February 2011):

    The Press Complaints Commission ruled on Tuesday that information posted on Twitter should be considered public and publishable by newspapers after it cleared the Daily Mail and Independent on Sunday of breaching privacy guidelines.

    Both newspapers had reported on tweets posted by Sarah Baskerville, a Department for Transport employee, in November last year. Baskerville, who had around 700 Twitter followers at the time, described a course leader as “mental” and posted links to tweets attacking government “spin” and Whitehall waste.

    Stephen Abell, the director of the PCC, said: “This is an important ruling by the commission. As more and more people make use of such social media to publish material related to their lives, the commission is increasingly being asked to make judgments about what can legitimately be described as private information.

    “In this case, the commission decided that republication of material by national newspapers, even though it was originally intended for a smaller audience, did not constitute a privacy intrusion.”

    In a news report titled “Diplomatic Breakdown Amid Bieber Fever in Israel” the New York Times (12 April 2011) publishes two tweets from the Canadian signer Justin Bieber. Here you go:

    “Since Mr. Bieber arrived in Israel on Monday he has been mobbed by screaming teenage girls and overwhelmed by paparazzi, leading him to complain on Twitter that he had even been hounded at holy places.

    “They should be ashamed of themselves,” he wrote on Tuesday. “Take pictures of me eating but not in a place of prayer, ridiculous.”

    In another Twitter message, he wrote: “i want to see this country and all the places ive dreamed of and whether its the paps or being pulled into politics its been frustrating.”

    Now, will you ask the Times if they sought prior permission from Bieber to publish his tweets? If you ask me, I would say: No, the Times didn’t seek permission because anything posted on Twitter as an unprotected tweet counts as a public statement.

    Now, you may argue: Oh come on, Bieber is a celebrity, how can you compare him with this ‘general, non-celebrity, person’ from Nepal. And my answer to that question would be: Laws and social norms apply equally to everyone regardless of their social status. Just because someone is lesser known doesn’t mean he has the immunity from social norms and laws that celebrities are expected to abide by. You cannot give one person a shield of privacy just because he is lessor known while taking away the shield of privacy to the other person just because he is better known.

    You write:

    “How many times have we griped about our bosses? if all of that were to be made public, no one in this world would have a job.”

    ..made public! So you believe an unprotected tweet, already public and viewable and searchable by engines, is ‘made public’ only if it comes on a newspaper?

    You are responsible for what you write on the Web. You will have to face the penalty if your tweet is deemed liable by concerned authorities. There are several instances of people losing their jobs because of what they wrote on the Web in general and Twitter in particular.

    Here are examples:

    From NYT (July 7, 2010):
    “CNN Drops Editor After Hezbollah Comments”
    By BRIAN STELTER
    CNN on Wednesday removed its senior editor for Middle Eastern affairs, Octavia Nasr, from her job after she published a Twitter message saying that she respected the Shiite cleric the Grand Ayatollah Mohammed Hussein Fadlallah, who died on Sunday.

    And search this “Fired Over Twitter: 13 Tweets That Got People CANNED” on Google which will lead you to the Huffington Post page for details.

    This all suggests that a tweet doesn’t necessarily have to be reproduced by a newspaper to have its impact. If you tweet against the policy of your organization then you will be fired. You can be a whistle blower if you want but that’s a different thing.

    And why do you think a newspaper should be blamed for reproducing a tweet (we have already discussed on permission thing- which is not needed) without twisting the content? And why the newspaper must be accused of putting a person’s job in danger just because it reproduced the tweet that has been made available to the world by the twitterer? Have you seen anyone blaming Twitter for enabling the sacked journalists and employees to post tweets that caused them to be fired? Why are you blaming the medium? The tweet that Kantipur published could easily have been forwarded to the boss of the person in question by anyone. Or the boss herself could have seen them. In that case, would you have blamed Twitter because it provided forum to the person to Tweet that in turn became the reason for him to be fired?

    You ask: “is he not allowed to be silly about his boss without being nationally ridiculed?”

    He may have all the rights. But why are you blaming the paper for endangering his rights when the Twitter itself provides more audience than the paper in question. Moreover, as I have said, his boss could have seen- in principle- that tweet even if the paper hadn’t published them. In that case, and if he had been fired because his boss saw that tweet on Twitter, would you have blamed the site (Twitter) for making the man jobless?

    You write: “The published tweets, are all over the place and don’t contribute anything to discussions now going on around the world or in Nepal.”

    >>What makes you think that anything that is published in a newspaper- that too in the youth supplement, not the main section of the paper- MUST contribute “to discussions now going on around the world or in Nepal”? It seems to me that the whole concept of that column- as you said ‘tweets are just too random’- is to offer random view of what the Nepali twitteraty is talking about. When it is random, anything can go into that as long as the newspaper finds them publishable. And this ‘finding’ business is called judgement. Editorial judgement. People like you and me may differ with it because they are almost always the the judgement of a few people- editors and coordinators and reporters. And the same applies to the judgement of other news items too. Like, why that particular news item on the front page, why that on the top of second page and that on lower left corner of the third page.

    “just for the sake of it is pathetic waste of time and space…….. unfortunately his experiment of adding some “hip” stuff into boring sections of Hello Sukrabar by inserting random tweets shows the fickleness of Nepali media”

    >> You seem to be genuinely concerned about the pathetic waste of time and space. Let me tell you that the whole paper that day consisted 24 pages. Did you not find time to read any of the article (dozens of them in total) in the newspaper, especially in the main section, except those seven tweets that were published on a corner of the last page- that too of the supplement, not the main section? Why must one expect matter of some national importance and relevance to the random tweets selected for a youth infotainment supplement? Moreover, did you not get time to read any of the other stories published in the same issue of the supplement? I enjoyed reading the cover story that which has a wonderful theme. Then there’s an informative story on facebook email. And a piece about the ads in the past year.

    I generally find the supplement interesting. It would be nice to know which section bored you and what do you mean by “hip” stuff into boring sections of Hello Sukrabar. It would be nice to know which are the boring sections according to you.

    “and is a sad testament to the fact how un-evolved they are on matters related to social media and privacy.”

    >> What makes you think that they are “un-evolved on matters related to social media and privacy?” Just because they introduced a column entrely based on Tweets which is done by very few publications in the whole of south asia? Or is it because they frequently write about technical stuffs, including about the social media and web 2.0- an example of which is contained in the same issue (piece on Facebook email)? What, according to you, is an ideal example of being evolved ‘on matters related to social media and privacy?’

    PS: While writing such a long article about the whole thing how conveniently did you avoid to put forward your opinion (like you say: I disagree) on the death threats issued by one of the twitterers to the journalists. And there were barrage of obscene tweets all targeted against the journalists. And you found them appropriate that you used not a single word to comment on that and selected another tweet, safe one huh, to present your great critique! Oh, don’t come up with ‘I didn’t see that’ excuse because if you say that you will be branded a person who writes things without understanding the issue in its entirety. That will also show “the fickleness of [your blogging adventure and aspiration to become a foreign correspondent AND be] a sad testament to the fact how un-evolved [you] are on matters related to social media and privacy” and everything else. Thank you.

  6. Pingback: National Dailies Twitter ethics | Nepali Community
  7. Pingback: Sneaky #Journalism (#snkyjrn ) from Kantipur- Taking #Twitter for #Granted « Prabesh's Blog

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s