अब संविधान कसरी बनाउनु पर्छ ?


संविधानले नेपालको प्रगती रोकेको थिएन। नेपालको नाम फेरेर, झण्डा फेरेर वा संविधान फेरेर मात्र केहि हुने हैन। नेपालमा नयाँ संविधान चाहिएको माओवादीलाई शान्तिपूर्ण राजनितीमा अवतरण गर्ने स्थिति बनाउनको निम्ति हो। र साथै सो समय बनेको नयाँ शक्ति सन्तुलन र उठेका नयाँ मुद्दाहरु सम्बोधन गर्नको निम्ति हो। नेपाली जनताहरुलाई शान्ति यति धेरै चाहिएको थियो कि उनीहरुले त्यसको निम्ति आफ्नो देशका स्थापित प्राय सबै संस्थाहरु बिघठन गर्न पनि तयार भए। माओवादिको निम्ति नेपालीहरुले गरेको यत्रो बलिदानको फलभने अपेक्षाकृत पाउन सकेनन्। माओवादि पार्टि शान्तिपूर्ण राजनितीको सहारा लिएर आफ्ना पुराना कुराहरु नै पुरा गर्ने अभिष्टमा लागेको बारम्बार प्रमाणित हुँदा पनि जनताले केहि समयमा ठिक होला भनेर समय दिईराखे। आज संविधान सभा विघठन हुने सम्भावना बढेको छ। हुँदै नभएको समस्या बनाएर त्यसको समाधानको निम्ति खेर गएका यत्रा वर्षहरु, यी समयमा हुनसक्ने विकास-प्रगतीका कार्यहरु सबैबाट हामी ठगिएका छौँ।

अब जे भए पनि एउटा नयाँ संविधान नबनाई बाकिँ कुराहरुमा हामी अगाडि बढ्नसक्ने संभावना निकै कम देखिएकाले संविधान कसरी बनाउने भन्नेबारे सोच्न आवश्यक भएको छ। किन बन्न सकेन संविधान र अब फेरी त्यसको चुनाव भए के गर्नुपर्छ?

१ हामीले नै तिरेको करले संविधानसभा चल्नुपर्छ

हाम्रा प्रतिनिधिहरुलाई यी ४ वर्षसम्म कहिल्यै हतार भएन संविधान बनाउन। ६ महिनामा हुनुपर्ने सेना समायोजन गर्न नै ४ वर्ष लगायो माओवादिले। राज्य पुनर्संरचना आयोग, वेपत्ता आयोग, सत्य तथा मेलमिलाप आयोग ठट्ठाका विषय बनाइए र संविधानको मस्यौदा जनतामा लगेर अनुमोदन गराउने कार्य गर्दै गरिएन। आज केहि विष्लेशकहरु ३ नेताले गरेको कार्य प्रजातान्त्रि भएन, ४ नेता बसेर गरे बल्न प्रजातान्त्रिक हुन्छ भनेर कराइरहेका छन्, अर्काथरी चाहिँ संविधान सभाका समितीले बनाएका प्रतिवेदन अनुसार बनाए बल्ल ठिक हुन्छ भनेका छन्। तर जन-अनुमोदन चाहिँ गर्न नपर्ने रे- आफ्नो स्वार्थ अनुसारको प्रावधानहरु भए मात्र प्रजातान्त्रिक, नभए प्रतिगामी भन्ने यस्ता विश्लेषकका हातमा छोडे हाम्रो प्रजातन्त्र मासिन्छ। के गर्ने त?

हाम्रा प्रतिनिधिहरुलाई हामीप्रति जिम्मेवार बनाउनुपर्यो। त्यसको निम्ति उनीहरुलाई लाग्नुपर्यो कि हामी नेपाली जनताले निकै दु:ख गरेर कमाएको पैसाबाट तिरेको करबाट चलिरहेका छौँ, तीनले सँधै तिर्न सक्दैनन्, र हामीले यसको सदुपयोग गर्नुपर्छ। अहिले नेताहरुलाई काम गरे पनि नगरे पनि पैसा आइराख्छ, उनीहरु विभिन्न दातृ संस्थाहरुको पैसाबाट सञ्चालित भएकोले हामीप्रति भन्दा पनि तिनै निकायहरु प्रति जिम्मेवारी महसुस गर्दछन्। त्यसैकारणले विभिन्न विदेशिहरुको इच्छा अनुसारका प्रावधानहरु राखिँदैछन् संविधानमा। जस्तै “राजनैतिक अग्रअधिकार” जस्तो अप्रजातान्त्रिक, ILO 169 जस्तो नेपालसँग पूर्ण रुपमा असान्दर्भिक, र अन्य कतिपय धार्मिक र जातीय द्वन्द फैलाउने व्यवस्थाहरु र हाम्रा मौलिक पहिचान, इतिहास र संस्कृती मास्ने खालका सिद्दान्तहरु थोपर्ने प्रयास भइराख्दा पनि जनताहरु केहि गर्न सकेका छैनौँ।

हुन त अहिले पनि हाम्रो कर खर्च भै’राखेको छ संविधान निर्माण प्रकियामा। तर हामीले कर नतिरे उनीहरुको व्यापार बन्दै हुने डर सभासदहरुलाई छैन। त्यसैले उनीहरु हामीप्रति जिम्मेवार छैनन्। गरीब नेपालीले सबै खर्च धान्न नसक्ने भए कम्तिमा पनि व्यापारी वर्ग र अलिकति पैसा तिर्नसक्ने वर्गले राष्ट्रिय अभियानका खातिर एउटा कोष स्थापना गरी त्यसमा पैसा जम्मा गरेर निश्चित समयको लागि मात्र सो उपलब्ध हुने व्यवस्था गरेर संविधान बनाउन लगाउनुपर्छ। सो समयमा संविधान बनाउन नसके २०४७ सालको संविधान वा एक समितीबाट बनाउनेलाई स्विकृत गराउने प्रावधान राख्नुपर्छ।

हाम्रो संविधान जबसम्म हाम्रै पैसाले मात्र बन्दैन, तबसम्म त्यो हाम्रो हितमा हुनेछैन। नेताहरुलाई UNDP ले कम्प्युटर किनिदिने, भारतले गाडि दिने, युरोपेलीहरुले दिमाग दिने आदि कार्य भैराखेमा संविधान पनि उनैले दिएको बन्ने पक्का छ।

संभव भए चुनावको समय विदेशमा बसेका नेपालीहरुले पनि भोट हाल्न पाउने व्यवस्था बनाउन लगाउनुपर्छ।

२ अबको चुनावमा चनाखो हुनुपर्छ

संविधान सभा विघठन भए फेरी त्यसको लागि चुनाव हुनेछ। त्यस अवस्थामा सबै जागरुक नेपालीहरु चनाखो हुनुपर्छ। चुनावको ठिक अगाडि निकै प्रोपोगाण्डा चल्ने निश्चित छ र सोहिका आधारमा जनमत बन्ने संभावना रहन्छ। विगतमा प्रजातान्त्रिक प्रकियामा आएको नाटक गरेर प्रजातन्त्र नै मास्ने माओवादि अभिष्ट यसपटक पुरा हुन दिनु हुँदैन। यो पक्का हो कि आज पनि नेपालमा सबैभन्दा बलियो संगठन माओवादिकै छ। उसँग पहिलेको संगठित सेना र अर्ध-सेना हरु छन्, हरेक महिना तलब पाउने “होलटाइमर” कार्यकर्ता हरु छन्। साथै क्यान्टोनमेन्टको नाममा, युद्धमा अनेकौँ ब्याङ्क र व्यक्तिहरु लुटेर, क्यासिनो, ठेक्कापट्टा, चन्दा, उद्दोग-धन्दाहरु बन्द गरेर वा तिनलाई त्रसित बनाएर, घर-जग्गाको व्यापार गरेर, अनेक युनियन र जात-जातीको नाममा सौदाबाजी गरेर जस्ता धेरै देशलाई घाटा हुने र स्थापित संरचनाहरु ध्वस्त बनाउने तरीकाहरु अपनाएर उसले आफ्नो संगठन निकै बलियो बनाएर राखेको छ। तुलनामा काङ्ग्रेस-एमाले जस्ता पार्टिहरु कमजोर बनेका छन् र उनीहरुका समर्थनका प्रमुख आधार रहने गरेका गाउँ-शहरका सचेत मानिसहरु राजनितीबाट विरक्तिएर कसैलाई समर्थन गर्न नसक्ने स्थितिमा पुगेका छन्। बाकिँ धेरैलाई गाउँ-गाउँबाट लखेटिएको छ, मारिएको छ वा चुप लगाइको छ।

माओवादीका आधारभूत सिद्दान्तमै समस्या छन्। सो दल र उसका शिर्षस्थ नेताहरु एकदम अप्रजातान्त्रिक, अविकासवादी र पश्चगमनकारी छन्। अहिलेको विश्वमा त्यस्ता सिद्दान्त बोकेर अघि बढ्न सकिँदैन। साथै माओवादी बलियो हुनुको एक मुख्य कारण बाकिँ दलहरु कमजोर भएर हो। त्यसकारण पनि बाकिँ पार्टीहरुलाई सुधार्न सबैजना लागेनौँ भने घाटा हुने हामीलाई नै हो किनकी यी दलहरु कमजोर भए हामीले लामो समय आधारभूत विषयहरुमै संघर्ष गरेर खर्च गर्नुपर्छ। त्यसको निम्ति हामीसँग समय छैन हामीहरु पहिले नै निकै पछि परिसकेका छौँ, अनावश्यक “प्रयोग” हरु गर्ने क्षमता हामीसँग छैन।

त्यसकारण आगामी चुनावमा हामीले काङ्ग्रेस-एमालेलाई संयुक्त रुपमा चुनावमा जान लगाउनुपर्छ, अनिमात्र माओवादीको अभिष्ट विफल बनाउन सकिन्छ। यी दलहरु सुधारिए र बलिया भए भने उनीहरु माओवादिको दह्रोसँग प्रतिवाद गर्न सक्छन्, र सम्झौताको नाममा हाम्रो समाज फेरी पछाडि धकेलिनु पर्दैन। तीनलाई हामीले बलिया र राम्रा बनाउनतिर लाग्नुपर्छ, तर साथैमा उनीहरुलाई युवा, विकासवादि र प्रजातान्त्रिक नेतृत्वलाई जिम्मेवारी दिन लगाउनुपर्दछ। पहिलेका भ्रष्टहरुले बाटो छोड्न लगाउनुपर्छ।

३ सधैँ र सबै नेतालाई गाली गर्न बन्द गर्नुपर्छ

हो काङ्ग्रेस-एमाले हरुले विगतमा धेरै गल्तिहरु गरे, पाएको मौका सदुपयोग गरेनन्। तर पनि हामीलाई यिजस्तै दलहरु भविष्यको लागि आवश्यक पर्नेछन्। भारत, बङ्लादेशका नेताहरु हाम्रोमा भन्दा पनि भ्रष्ट छन्, त्यहाँ निकै गरिबी पनि छ, तर विकास पनि भै’राखेको छ। केहि हदको विकार त जुन देशको राजनीतिमा पनि हुन्छ, तर प्रजातन्त्र, स्वतन्त्रता र विकास मुख्य कुरा हुन्। बलियो सरकार र केहि दोष नभएका नेता भए मात्र विकास हुन्छ भन्ने भ्रमबाट बाहिर निस्कौँ। विकास हुन जनता बलिया, सजग र स्वतनत्र हुनुपर्छ। हामीले संस्थाहरु बलियो बनाउनुपर्छ, जस्तै: प्रहरी, विश्वविद्यालय, अस्पताल, सडक, सदन, अदालत, प्रेस, व्यापार-व्यसाय आदि। सेनाले शाषण गरे वा तानाशाह आएमात्र विकास हुने फगत कल्पनाका विषयहरु हुन्। त्यस्तै एकजना “हिरो” ले (वा सर्वेसर्वा कार्यकारी राष्ट्रपति) ढुक्कसँग ५-१० वर्ष शाषण गर्न पाएमात्र सबै ठिक हुने पनि गफाडिका कुरा हुन्। जेसुकै भएपनि देश चलाउन मानिसहरु नै चाहिन्छ, जनताहरु नै चाहिन्छ- जनता बलियो र स्वतन्त्र नभएको देश विकास हुन यो युगमा संभव छैन।

त्यसैले बरु कम्तीमा हाम्रो स्वतन्त्रताको सम्मान गर्ने र सुध्रने संभावना बोकेका काङ्ग्रेस-एमालेजस्ता दलहरुलाई हामीले सघाउनुपर्छ। यी बाहेक कोहि राम्रा दल वा नेता निस्किए तीनलाई सघाउनुपर्छ। तर हामी हात बाँधेर बस्ने र अरु कसैले देश बनाइदियोस् भन्ने चाहेर देश विकास हुँदैन्। सँधै र सबै नेताहरुलाई गाली गर्दा तुलनात्मक रुपमा हाम्रो पक्षका शक्तिहरुलाई नजानीकनै हामी कमजोर बनाइरहेका हुन्छौँ र परिमाणत: अहिले भएजस्तै अप्रजातान्त्रिक, अविकासवादी र पश्चगमनकारी शक्तिले देशमा भाँडभैलो मच्चाउने अवसर पाउँछ।

रातारात प्रगती हुँदैन, समय लागेर भएको परिवर्तन नै दिगो हुन्छ। त्यसको लागी प्रजातान्त्रिक राजनीति आवश्यक छ। नेतालाई गाली गरेर मात्र समस्या समाधान हुँदैन, समाधान देखाउने र समाधानलाई सघाउने सामर्थ्य हामीले देखाउनुपर्दछ। भारतमा प्रजातान्त्रिक अभ्यासको दशकौँ भइसक्दा पनि त्यहाँ अनेकौँ समस्या छन्, निकै खराब नेताहरु छन्, तर पनि देशनै भने खत्तम भै’सकेको छैन, बरु खत्तम बनेको बिहारजस्तो राज्यपनि आज टाउको उठाउँदै छ। त्यसैले हामीलाई चाहिने नेता हामीले नै बनाउने हो। अरु देशमा दशकौँमा बनेका केहि कुराहरु हामीसँग अहिल्यै छन्। तीनलाई विस्तारै सुघार्दै,बनाउँदै जाने सोचौँ। एउटा सरकार,सदन,केहि नेता नभै हुँदैन। त्यसैले नेताका केहि गुण-दोषहरु स्विकार गर्ने गरौँ र सबैलाई एकै तराजुमा राखेर तौलिने नगरौँ। गाली मात्र गरेर कसलाई बलिया बनाउँदै छौँ र कसलाई कमजोर बनाउँदै छौँ भन्ने राम्रोसँग हेक्का राखौँ।

अहिलेलाई यति नै, बाकिँ केहि कुरा लागेमा फेरी लेख्नेछु। शुभम् ।

3 thoughts on “अब संविधान कसरी बनाउनु पर्छ ?

  1. The top leaders WE have produced are all of no work.And, in this state of unstable period, we all are confused to choose the next leader to believe upon. So, desperately looking for new faces to rise in the political arena. These days, a great mass from the digital social media has emerged as a new force who have constantly been providing positive vibe and as well giving pressure for the constitution. But, now as the constitution seems a distant thing again, now these activists should emerge as a great force to implement and raise voice on these issues and if demanded by the situation, should not hesitate to come forward to resonance people’s voice stepping up into the political arena. I know we youths are looking for someone to emerge out for change and lead us, and no matter what it takes, we will stand for change.

  2. हाल विघठन भाको संबिधान सभाका सभासदहरुको नाम, तस्बिर र ठेगाना कहाँ पाउन सकिएला? सबलाई धन्यबाद पत्र पठाउने मन छ
    लेख पड्दा मनमा आएका कुरा हरु:
    १. सबै कार्य बैज्ञानिक तरिकाले गर्नु पर्छ – Analyzing all pros and cons of any decision
    २. निश्चित सानो सानो समय सीमा तोकेर गर्नु पर्छ – Incremental delivery with mile stones
    ३. नयाँ सभासदहरुको दैनिक आवश्यकता जनताले पुरा गर्ने र उनीहरुले दैनिक काम के के सके जनतालाई जानकारी गराउने

  3. I mostly agree with your views in this article. But more than that, I believe we can not depend on the present leadership. Like you said, they have not solved any problems, rather- hudai nabhayeko samasya haru ko srijana gareka chan. I earn for new leadership, active social campaigning to make sure right people are sent to CA this time.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s