नाङ्गो विदेशी हस्तक्षेप बारे नागरिकहरुको चासो


सौरभ, सुरेन्द्र केसी, रत्न संसार श्रेष्ठ, अजयभद्र खनाल, ध्रुबहरि अधिकारी लगायतका नागरिकहरुले आज एक वक्तव्य जारी गर्दै नेपालका प्रधानमन्त्रि र सबैभन्दा ठूलो पार्टीका अध्यक्षसमेत मुछिएको एक लज्जास्पद प्रकरण र उनीहरु समेत विभिन्न व्यक्ति र संस्था मार्फत नेपालमा हालैका दिनमा पराकाष्ठा नाघेको विदेशी हस्तक्षेप र असम्वेदनशिल भाषा-प्रयोग तथा कृयाकलापप्रति आपत्ति जनाएका छन्। यसबारे अरुलाई जानकारी दिएर सबैलाई सचेत बनाउने र डरलाग्डो षडयन्त्रका हिस्सा जस्ता देखिने यस्ता पात्र र घटनाहरुप्रति सबैलाई सजग बनाउन आग्रह गर्दछु।


नेपाली नागरिक समुदायद्वारा सञ्चालित
राष्ट्रिय हित संरक्षण आन्दोलन
सरोकारवाला नागरिक तथा बौद्धिक समुदायका तर्फबाट जारी सरोकार वक्तव्य

साउन १५, २०६९ (जुलाई ३०, २०१२) । काठमाडौँ ।

नेपालको वर्तमान अस्थिर राजनीतिक संक्रमणका बेला नेपालका जिम्मेवार पार्टीका नेताहरूको आपसी कार्यगत एकताका आधारमा देशको घरेलु मामिला सुल्झ्याउने प्रयत्न गर्नुपर्नेमा सो नगरी हालैका दिनहरूमा बढ्दैगएको बाह्य शक्ति गुहार्ने प्रवृत्तिप्रति हामी सरोकारवाला नागरिक तथा बौद्धिक समुदाय अत्यन्तै चिन्तित छौँ ।

साथै, वर्तमान संवैधानिक तथा राजनीतिक संकटका कारण मुलुकको अस्तित्व नै खतरामा परिरहेको भन्नेजस्ता संवेदनशील अभिव्यक्ति दिने नेताहरुबाट नै तँछाडमछाडको शैलीमा विदेशी शक्तिको आड, भरोसा र आशिर्वाद लिने प्रवृत्ति बढिरहेकोप्रति समेत हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ ।

नेपालको यस स्थितिको अनुचित फाइदा उठाउँदै छिमेकी भारतका विभिन्न नेता तथा आफूलाई भारतको कूटनीतिक एवं बौद्धिक समुदायको प्रतिनिधि भएको दाबी गर्ने केही व्यक्तिहरूबाट नेपाली समाज र नेपालको राजनीतिलाई दिग्भ्रमित पार्नेगरी सार्वजनिक अभिव्यक्ति दिने कार्यबाट हाम्रो राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमिकतामाथि गम्भीर आँच पुगेको प्रस्ट छ । यसको ताजा उदाहरणका रूपमा, हालै प्रकाशित ‘नेपाल इन् ट्रान्जिसन् : फ्रम पिपुल्स वार टु फ्राजायल पिस’ नामक अंग्रेजी पुस्तकमा प्रकाशित एक भारतीय व्यक्तिको विवादास्पद विश्लेषण एवं निष्कर्ष तथा अन्य विभिन्न नेता र पूर्वकूटनीतिज्ञका सार्वजनिक अभिव्यक्तिहरूलाई लिन सकिन्छ ।

उक्त लेखमा विवादास्पद रुपमा प्रस्तुत गरिएका खासगरी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मौनताप्रति हामी आश्चर्यचकित छौँ । हामी वहाँहरूलाई यसको वास्तविकता तत्काल सार्वजनिक गर्न अनुरोध गर्दछौँ जो हामी नेपाली जनताको सूसुचित हुनपाउने अधिकार हो ।

अन्त्यमा, नेपालको आन्तरिक समस्या समाधान गर्नका निमित्त विदेश धाउने तथा उनीहरूमार्फत हामीले नचाहेको अर्ती, उपदेश र निर्देशन दिने कुनै पनि विदेशी शक्ति तथा व्यक्तिको हामी घोर भत्र्सना गर्दछौँ ।

यो सरोकारवाला नेपाली नागरिक तथा बौद्धिक समुदाय हाम्रो आन्तरिक मामिलामाथि भइरहेको विदेशी हस्तक्षेप रोक्नका लागि यस आन्दोलनको सुरुवात भएकोमा गौरव व्यक्त गर्दछ ।

तपसिल
सुरेन्द्र केसी, अनारसिंह कार्की, हिरण्यलाल श्रेष्ठ, पेशल निरौला, बद्री नारायण गौतम, वासुदेव शर्मा, तुलसीप्रसाद गौतम, कुमार रेग्मी, गुरुराज घिमिरे, धनप्रसाद पण्डित, खगेन्द्रराज सिटौला, अशोक सिलवाल, स्वागत नेपाल, गोपाल पोखरेल, एकराज पाठक, युवराज गौतम, सन्ध्या कट्टेल, देवेश झा, पी खरेल, भोला पोखरेल, आनन्द सन्तोषी राई, रतिन्द्र खत्री, बुद्धिनारायण श्रेष्ठ, जीवराम भण्डारी, क्रन्दन चापागाइँ, गोपाल सिवाकोटी चिन्तन, बलराम कृष्ठ मानन्धर, नम्रता शर्मा, नीरा रञ्जित, अशोकमान वैद्य, राजन कुइकेल, रामनारायण देव, भरत बस्नेत, अजयभद्र खनाल, सौरभ, ध्रुबहरि अधिकारी, रत्न संसार श्रेष्ठ

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s