संस्कृतिको कसरी रक्षा र जगेर्ना गर्ने ?


Janai Purnima: a priest offering sacred thread

Janai Purnima: a priest offering sacred thread (picture: beautifulfarwest.blogspot.com )

Janai Purnima: a priest offering sacred thread

Janai Purnima: a priest offering sacred thread (picture: enasha.com)

ट्विटरमा कुरा गर्दा गर्दै अनेक विषयमा गफ सुनिन्छ र गरिन्छ। मान्छेहरु यस्ता गफ गरेर, चिया खाँदा बहस गरेर वा फेसबुकमा छलफल गरेर के नै हुने हो र भनेर पनि भन्छन्। हो, धेरै स्थितीमा केहि हुँदैन, तर केहि होस् भन्ने सोचेर मात्र गफ गर्नु त आफ्नो महत्वको आफैँले बढि मूल्याङ्कन गरेको हो। कुराकानी गरेर, नयाँ किसिमका मानिसहरु र सोचहरुको बारे थाहा पाएर आफ्नै सोचाईमा पनि विकास र परिवर्तन हुन्छ, अझै परिस्कृत हुन्छ। झगडा मात्रै गर्न खोज्ने, स्पष्ट तर्क र कारणहरुमा आधारित नभइ कु-तर्कहरु र मनपरी कुरा गर्नेहरु, आफ्नो सोचाई लाँद्न मात्र खोज्ने र पहिल्यै देखि आफू ठीक भएको अनि अरुलाई “हराउने” भन्ने मानसिकता हुनेहरुसँग म बहस गर्दिन, नभए मलाई फुर्सदमा ट्विटर, फेसबुक, चिया पसल, चोक, जता पनि अरुका कुरा सुन्न र आफ्ना कुरा राख्न राम्रै लाग्छ।

केहि दिन यता जनै पूर्णिमा र राखि पर्वको बारे केहि बहस सुनियो ट्विटरमा। केहि मानिसहरु जनै पूर्णिमा किन मनाउनुपर्यो भन्दै थिए, कोहि आफ्नो संस्कृती मनाएको जिकिर गर्दै थिए, कोहि राखी “हाम्रो” हैन, त्यसकारण मनपर्दैन भन्दैथिए, अरु मानिसहरु अरु कुराहरु पनि गर्दैथिए । मलाई पनि केहि भन्न मन लाग्यो।

पहिलो कुरा, म व्यक्तिगत स्वतन्त्रताको ठूलो पक्षपाती। म कसैमाथी संस्कृती थोपरिनुपर्छ भन्ने कुरामा विश्वास गर्दिन। मान्छे आफ्नो इच्छा अनुसार नेपाली, भारतीय, बङ्ललादेशी, जापानी, अफ्रिकाली लगायत सबै संस्कृती र धर्म मान्न स्वतन्त्र छ र हुनुपर्छ । मानिस आफ्नो इच्छा अनुसार नागरीकतै पनि बदल्न सक्छ, कुनै संस्कृती नमान्ने बन्न पनि सक्छ । वास्तवमा कसैलाई आफ्नो संस्कृती प्यारो लाग्छ भने उसले के बुझ्नुपर्छ भने त्यसको रक्षा अरुमाथी लाँदेर हुँदैन । कसैलाई आफ्नो संस्कृती त्यति महत्वपूर्ण लाग्छ भने उसले र उसको समुदाय आफैँले केहि गर्नुपर्छ, अरुले मानिदिनुपर्छ भनेर काम छैन ।

यसमा एउटा उधाहरण प्रस्तुत गर्न चाहन्छु: नेपालमा व्यक्तिगत स्वतन्त्रताको बारे निकै कम बुझाई, र प्रशस्त भ्रम र अस्पष्टताले गर्दा होला, बन्द हडतालहरु पनि जवरजस्ती गरिन्छन्। मैले देखेको छु, आफ्नो कामै छोडेर डाक्टर वा शिक्षकहरु हडताल गर्छन्। कसैलाई आफ्नो मागप्रति त्यति धेरै विश्वास र समर्थन छ भने त वास्तवमा उसले आफ्नो जिम्मेवारीको काम सकेर, साझँ समय निकालेर वा विदा लिएर विरोध कार्यक्रममा सरीक हुनुपर्ने हो। कार्यालय समयमा एकछिन बाहिर बसेर हो-हल्ला गर्यो, तलब पनि पाइहालिन्छ, विरोध गरेको जस्तो पनि भइहाल्छ- आहा कति सजिलो। तर सोचौँ- के त्यो मान्छेको साँच्चै आफ्नो मागप्रति लगाव छ त? छ भने उसले समय निकालेर, अलिकति कष्ट गरेरै भएपनि, र परेदेखि बरु बिदा लिएर विरोध गर्नुपर्छ- अनि न असली रुपमा त्यो स्वयंसेवि वा स्वस्फुर्त विरोध हुन्छ। नेपालमा विरोध, बन्द र अवज्ञा जस्ता सालिन विषयहरु पनि यति सस्ता र घृणित भएका छन् । आफ्नो विचार प्रति त्यत्रो निष्ठा छ भने परिआए तलबै छोडेर, पद नै छोडेर विरोध गरौँ न ।

त्यस्तै आफ्नो संस्कृती मनपर्छ भने सरकारले सो मनाउने पैसा देओस्, विदा देओस् भन्नेहरुले आफैँले आफ्नो संस्कृतीको माया गरेर देखाउन्। समुदायका सदस्यहरु आफैँले कमाएको पैसा दान वा चन्दा जम्मा गरेर साझा रुपमा चाड-पर्व मनाउन्, सम्बृद्ध बनाउन्, सहकार्य गर्न सिकुन्, इमान्दार हुन र सामाजिक हुने प्रयास गरुन्। घर बसेर सुति-सुति सरकारले दिएको विदामा २-३ कर्मकाण्ड पुरा गरेकोजस्तो गर्दैमा संस्कृतीको जगेर्ना हुँदैन ।

यस विषयमा केहि कुरा प्रष्ट पनि पारौँ। हो, दुनिँयाका धेरै देशहरुको आफ्नै इतिहास छ, परिचय छ। जसले जे भने पनि नेपाल राष्ट्र बनाएको यहाँका पहाडि शाषकहरुले हो। उनीहरुले आफ्नो र आफ्नो समुदायको रक्षा र विदेशीहरुसँग सुरक्षाको निम्ति यो देशको निर्माण गरे, बचाईरहे र धेरै मात्रामा विकास पनि गरे। नेपाल विश्वकै पुरानो देशहरुमध्ये एक हो, यसको आफ्नै मौलिक इतिहास र परम्परा छ। अवश्य नै, आधुनिक युगमा देशको प्रकृती बढिभन्दा बढि समावेशि र उदार हुनुपर्छ, तर यो ऐतिहासिक तथ्यलाई नजरअन्दाज गरेर नेपालको विकास मुश्किल छ। जर्मनीमा जर्मन भाषा र संविधान राम्ररी नजानि त्यहाँको नागरिकता पाईँदैन, पश्चिमकै अति-विकसित मुलुकहरुमा पनि जतिसुकै संख्यामा भएपनि कसैले चाहँदैमा दशैँमा सरकारी विदा हुँदैन। उनीहरुको सरकारले क्रिशमस र अङ्ग्रेजी नयाँ वर्षकै बेला लामो समय विदा दिन्छ । नेपालको पुरानो परिचय यसको हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित भएको हुँदा यहाँका धेरै मौलिकताहरु माथि त्यसकारण अनावश्यक बखेडा गर्नु अघि यस्ता कुरा सबैले मनन गर्नुपर्छ ।

Dashain, Nepal

Dashain, Nepal (picture: soshgs.blogspot.com)

तेजसँग विश्वव्यापीकरण भइरहेको समयमा हिन्दी वा अङ्ग्रेजी चलचित्रको प्रभावले नेपालका राखी नमनाउने समुदायमा राखी लोकप्रिय भयो होला, वा देशैभरी भ्यालेन्टाइन्स डे बढि प्यारो भयो होला । तर हामीलाई मन नपर्दैमा यो रोकिन्छ त ? एकातर्फ हाम्रो मौलिक परिचयको विरुद्ध देशमा ठूलो डिजाइनसहित केहि वर्षदेखि प्रहार भइरहेको छ, नेपालको इतिहास, एकिकरणकर्ता, पुराना शाषकहरु, धर्म र चलनहरु सबैलाई जम्माजम्मी दुई-चार शब्दमै सिमीत गरेर बदनाम गर्ने सुनियोजित प्रयास चलिरहेकै छ भने त्यसको सामना चाहिँ नगर्ने, तर आफ्नो परिचयबारे हिनताबोधले ग्रस्त हुन बाध्य पारिएका नयाँ पुस्ताका सदस्यहरुलाई फेरी त्यहि गलत, दुष्मन र नराम्रो भनी प्रचार गरेको संस्कृती, धर्म र पहिचान नबचाएको भनेर आलोचला गर्नु कति जायज हो ?

यस्तो समयमा के गरेर आफ्नो संस्कृतीको रक्षा र जगेर्ना गर्न सकिन्छ त? पहिलो कुरा, समस्याका जडको रुपमा रहेका माथीको अनुच्छेमा उल्लेख गरिएका प्रवृतीहरुको डटेर सामना गर्ने र विरोध गर्ने। दोश्रो कुरा, आफ्नै संस्कृतीलाई प्रतिस्पर्धि पनि बनाउनुपर्छ, आफैँले केहि गर्नुपर्छ । जस्तै नेपालमा चलिआएका कतिपय चाडपर्वहरुमा विदा कटौती गरिएका छन् । कि त हामीले मान्नुपर्यो कि हाम्रा परिचयका केहि उत्सवहरु छन्, तीनको सबैले रक्षा गरौँ, सबैलाई विदा दिऔँ, विदेशमा क्रिशमसको गरेजस्तै । तर प्रबल सम्भावना छ कि दशैँ-तिहारमा विदाको प्रस्ताव गर्दा फेरी त्यहि माथिकै प्रवृतीको शिकार भएर, “खस-हिन्दु-शोषक-अहंकारवादिहरु” को चाड बहिष्कार गर्ने र बदनाम गर्ने सुनियोजित प्रयास झन् सशक्त हुनेछ ।

केहि कुरामा पनि सहमति हुँदैन भने यसो गरौँ न त: वर्षमा केहि दिन, जस्तै १०-२०-३० दिन सबैले आ-आफ्नो इच्छाले सांस्कृतिक-विदा लिन पाउने नियम बसालौँ र सबै सांस्कृतिक बिदाहरुको उन्मूलन गरौँ । मान्छेहरु आ-आफुलाई मन लागेको चाडपर्व मनाउन् । नेपालमा सबैभन्दा धेरै मानिसहरुले मनाउने चाडकै समय अधिकांसले बिदा लिन पनि सक्छन्, वा त्यहि समय नेपालमा घुमफिर गर्न मौसम निकै राम्रो भएकोले घुम्नको लागि बिदा लिनपनि सक्छन्। विस्तारै समाजले कम्तिमा केहि शिक्षा त पाओस्, एक-आपसबाट केहि त सिकोस् – के थाहा, पछि नयाँ विकसित त्यस्तो चेतनाको कारणले नेपालको संसदले अत्यधिक बहुमतले फेरी दशैँ-तिहारमै लामो बिदा दिने निर्णय गर्नेछ कि ? र त्यसरी स्थापित भएपछि समाजमा सो समय र चाडपर्वहरुको महत्व पनि निकै बढ्ने र विवादरहित हुनेछ कि ?

Holi, Nepal

Holi, Nepal (picture: flickr.com/photos/fabulousfabs)

तर जे भएपनि अरुमाथि संस्कृती लाँद्ने भन्दापनि आफैँले केहि गरौँ। हाम्रा चाडपर्वहरुका इतिहास र महत्व, मनाउने तरिका आदिको बारे के-कति अनुसन्धानहरु भएका छन्, के-कति पुस्तकहरु छन्, कोहि विदेशीलाई जान्न मनलाग्यो भने के-कति सन्दर्भ सामग्रिहरु हामीले बनाएका छौँ? के होलीको बारे केहि जानकारी चाहिए विश्वका मानिसहरु भारतीय चाड भनेर मात्र यसलाई चिन्नेछन् कि हामीले विकिपेडियामा केहि लेखेका पनि छौँ ? आफ्ना चाड-पर्वहरु, हाम्रा फरकपनहरु र मौलिकताहरु सधैँ र सबैका लागी सुरक्षित र अभिलिखित रहुन् भन्नेमा हामी सजग र कृयाशील छौँ ? हाम्रा चाडहरु लोप भए भने भविष्यका लागि सबैले प्रयोग गर्नसक्ने वृतचित्र वा तस्विरहरु हामीले बनाएका छौँ वा छैनौँ? कि एकदिनको रमाइलो, सित्तैको विदा, बाटो छेकी जबरजस्ती पैसा उठाउने समय र तास खेल्ने मौकालाई अनावश्यक महत्व दिएर हामी संस्कृतीका पक्षपाती जस्ता देखिन चाहन्छौँ ? हामी स्पष्ट हुनु जरुरी छ ।

अन्त्यमा, नेपालको तराईमा राखी मनाइन्छ र होली पनि अलग दिन मनाइन्छ । उनीहरुले काठमान्डुमा पनि सो कायम गर्नु स्वाभाविक मात्र हैन, स्वागतयोग्य कुरा हो। चाहे हिन्दी चलचित्र वा टेलिसिरियलको देखासिकि गरेर होस् वा साँच्चै चाड मनपरेर होस्, ती चाडहरु मनाउन अरु पनि स्वतन्त्र छन्। बाकिँ रह्यो मानिसहरुलाई आफ्नो संस्कृतीको चिन्ता, र अरुको प्रभावले आफ्नो पहिचान ओझेल परेको गुनासो । अलि गम्भीर होऔँ, अरुले गरिदिएर आफ्नो संस्कृती बच्दैन, अरुलाई गर्न नदिएर पनि बच्दैन- आफैँले गर्नुपर्छ । एउटा सुझाव: कसैलाई आफ्नो चाडको अवहेलना भएकोमा चिन्ता लागेको छ भने अरुहरुसँग मिलेर एउटा राम्रो पुरस्कार-सहयोगको घोषणा गरेर उत्कृष्ट निबन्ध, फोटो-सङ्ग्र वा विकिपेडिया लेखहरुको प्रतियोगिता गराएर हेर्नुहोस् ।

One thought on “संस्कृतिको कसरी रक्षा र जगेर्ना गर्ने ?

  1. I had also followed the same debate in twitter but did not participated in it coz I did not wanted to… Meanwhile, what you wrote has completely convinced me. Somewhere my inner voice is also heard in your writing.🙂🙂

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s