गाईजात्रा विशेष: बैद्य र डाक्टर (पाहुना पाठकको लेख)


एक मित्रले “राजनीतिक व्यङ्ग्य” भनेर यो लेख पठाउनुभयो। मैले मनोरञ्जनको निम्ति यसलाई राख्ने विचार गरेँ। केवल व्यङ्ग्यको रुपमा लिइदिनुहोला। व्यङ्ग्य यसप्रकारले कि लेखकले गरेको व्यक्ति, माहोल र कुराकानीको चित्रणमा मैले राम्रो कल्पना गर्नसक्ने खुबि र हसाँउने खुराक भेटेँ।

यस लेखमा व्यक्त कुनै पनि विचार र प्रशङ्गसँग मेरो कुनै सम्बन्ध (सहमति वा असहमति पनि) नरहेको पनि प्रष्ट पार्न चाहन्छु। लेखमा प्रयुक्त पात्रहरु काल्पनिक हुन्, र कुनै व्यक्ति वा घटनासँग मेल खान गएमा केवल संयोग हुनेछ।


(लेखकले नाम प्रकाशित गर्न चाहनुभएको छैन)

भूमिका: दुई एकदम मिल्ने साथी थिए एउटा बैद्य अर्को डाक्टर। नाम बैद्य भएपनि उ जडिबुटी बिशेषज्ञ भने थिएन। तर बैद्यलाई जंगलको बास निकै मनपर्थ्यो। बैद्यले चिनबाट एउटा भूत ल्याएको थियो, त्यहि भूत देखाएर उनले धेरै मान्छेलाई तर्साइराख्थ्यो। उ केहि वर्ष जंगलको बास पश्चात सहर पसेका थियो। सहरमा पसेर स्वाद लिन हतार नगरेको भएपनि संगै सहर पसेका साथीहरु भने सहरी बाताबरणमा निकै मजाले भिजेका थिए। शहरमा निकै मजाले स्वाद लिएर बसेका साथीहरु मध्य डाक्टर एक मिल्ने साथी थियो। डाक्टरले चाहिँ मान्छे फकाउने सुत्र स्वरुप सिद्धान्त आयात गरेको थियो रसिया र जर्मनीबाट। डाक्टर निकै तर्क गर्थ्यो। डाक्टरलाई चाहिने धनसम्पति जोहो चाहिँ उनकी श्रीमतीले गर्थि, जो असल गफ गरेरै मान्छेलाई दिउसै तारा देखाउँथि। डाक्टरको जिम्मा भनेकै आदर्श छाँटेर दुनीयाँ भुलाउने थियो। देशमा चुनाब हुने घोषणा भएको संघारमा उनीहरु भेट भएका थिए। उनीहरुले आफूहरु झगडा गरेको नाटक मंचन गरेर मान्छेलाई भुलाएका थिए। रातको ११ बजे गोप्य भेट भएका थिए अर्को एउटा साथीको घरमा।

टेबलमा लोकल रक्सि, बैद्यले ल्याएको कालिज र मृगको मासु थियो। ढोका लगाइएको थियो।

बैद्य: डाक्टर, के छ यार अरु?

डाक्टर: ठिकै छ यार, चुनाबले टेन्सन देको छ।

बैद्य: भन न त, चुनाब जितिन्छ नि ?

डाक्टर: (अलिकति आवेशमा आएझैँ गरि) अँ ! के हो यार तेरो पारा, ख्याल ख्याल गर्दागर्दै  तिनिहरु संग मिल्छस पो जस्तो लाग्न थाल्यो रे साथीहरुलाई।

बैद्य: (हाँस्दै) हाहाहा। हाहाहा। (उसले हाँसो रोक्ने सकेन)

डाक्टर: ह्या मुला !! अहिले कसैले सुन्लान ! अलि बिस्तारै ! के बिधि हाँसेको होला।

बैद्य: हुनत मलाई शंका गर्दा मलाई रिस उठ्न पर्थ्यो है। हाहाहा !! (फेरी हाँस्यो)

डाक्टर: अनि के त ! अस्तिको गोलमाल सम्मेलनको कुरा हुँदा त, ति बुढो-गोरु र अन्तरेहरु खुब मिलेका थिए त। शंका मैले त होइन, अरु साथीले गरेका हुन्।

बैद्य: हेर साथी ! तँलाई तेरो सिद्धान्त सार्है प्यारो छ। मलाई भने लक्ष्य प्यारो छ।

डाक्टर: (अलि जोशिदै) लक्ष्य हाम्रो एउटै त हो नि ?

बैद्य: हो हो !! क्या डराउँछ यार। लक्ष्य माने चुनाबमा जित हो !! मैले जित्ने स्थिति बनाउछु। अब बन्नै लाग्यो।

डाक्टर: मलाई अलि शंका बढेको छ यार। पुराना घटनाका कुरा गर्छन घरि घरि मान्छेहरु। अस्ति के सम्म भयो भने, हामी जंगल बसेकोबेला लगेको पैसा रसिद सहित फिर्ता माग्न आएका मान्छेहरु। अत्ति हुन लाग्यो अब त !

चुनाव (राजेश केसीको नागरिकमा प्रकाशित कार्टुन)

चुनाव (राजेश केसीको नागरिकमा प्रकाशित कार्टुन)

बैद्य: (रिसाउँदै) अनि के हो यार त्यो ? तिमीहरुले उत्पादन दस्ता भन्ने बनाएर पुराना हाम्रा सेनालाई हातमा कुटो, कोदालो, बेल्चा दिएछौ। तिनले रोल्पाको जंगल खनेर हामीले लुकाएको पैसा झिकेर लगेछन !! हेर साथी जंगल मेरो हो !! मात्र मेरो !! (उसले हात नचाउँदै भन्यो)

डाक्टर: त्यो त मलाई नि मन परेको छैन। तर पैसाको लत लागेपछि तsssss (अलिकति रोकियो) घरि घरि हाम्रा मान्छेले टेर्दैनन् आजकल (उसले दिक्क मान्दै भन्यो)।

बैद्य: तैंले अस्ति काठमाडौँ-महांकालको १ अर्ब जति पर्ने जग्गा तेरो त्यो सिद्धान्त पढाउने भन्दै दिएकै छस त ! कति चाहियो पैसा ?

डाक्टर: खोई त्यो जग्गा पनि सुनप्रसादले झ्वाम पार्ला जस्तो छ ! खोई के हो के हो। आदर्श छाँटन सजिलो छ। पैसाको कुरो म त्यति मेसो पाउन्न। (उसले खुइय गर्यो)

बैद्य: हेहेहे। तैले बाठी बुढी पाएकी छस आतिनु पर्दैन। तैले आफूले जानेको कुरो राम्रो गर।

डाक्टर: अँ साँच्चै, हामी त आज चुनाबको कुरा गर्न पो भेटेको हो त। (उसले घडी तिर आँखा लगायो)

बैद्य: कुरो सिधा छ ! ध्यान दिएर सुन। (मृगको मासु टोक्दै उसले भन्यो)

डाक्टर: भन न त छिटो। (यही मेसोमा उसले रक्सि घुटुक्क पार्यो)

बैद्य: अब चुनाब गरम समय मै। मेरो पार्टी चुनावमा जान्न। चुनाब हुन्छ। म निर्वाचन आयोगमा दल-दर्ता गर्दिन , चुनाब चिन्ह नै लिन्न। अनि हिसाब बराबर।

डाक्टर: अनि त्यो जंगलमा चुनाब भाँड्ने सेनाको तालिम भाको छ रे नि त ?

बैद्य: यी अरुलाई चुट्न हो। अरु पार्टीका उमेदबारलाई , अनि तिनका कार्यकर्ताको खुट्टा भाँच्ने हो। “प्रतिगामी तत्व” भन्ने अनि चुट्ने हो (हाहाहा)

(डाक्टर हौसियो )

बैद्य: चुनाब नजिकै आएसी उनीहरुलाई भोट हाल्छु भन्नेलाई नि चुट्ने हो। सबैलाई खेद्ने अनि सबै भोट तिमीहरुलाई। भोट-हाल्ने बाकस गाउँ गाउँ पुगेसी बल्ल मैले सेनालाई भोट हाल्ने कसरी भन्ने सिकाउँछु। (हाहाहा गर्दै रक्सि घुटुक्क पार्यो)

(डाक्टर झनै हौसियो)

डाक्टर: यो कुरा उनीहरुले थाहा पाए भने नि।

बैद्य: त्यो तेरो चिन्ताको बिषय होइन। तैले अब चुनाब गराउनलाई कोसिस गर। हार्न लागेको जस्तो गर। चिन्तित अनुहार लगाएर झोक्राएर बस। उनीहरुको घमण्ड बढोस्, जित्छम भन्ने सोच्न दे। परेको म बेहोर्छु।

डाक्टर: ल ल !

बैद्य: यसपाली दुई-तिहाई ल्याउनु पर्छ। जसरी पनि। अनि अब अलिकति सम्पति थुपार्ने मेरो पालो नि आउनु पर्यो नि !

ए साँची! जंगलमा सम्पति खोज्न नपठाउनु नि फेरी!!

डाक्टर: हुन्छ।

बैद्य: ल, त्यो मान्छेहरुले पुरानो घटना लिएर आउलान। हुन्छ हुन्छ ! यों चुनाब पछि सब गरौला !! भन्दिनु। चुनाब होस्। अरु पछी। मलाई धेरै शंका नगर्नु, माहोल बन्दैछ भनेर अरु साथीलाई भन्नु। म हिँडे अहिले।

डाक्टर: ल ल, मैले रातोपाटीमा लेख लेख्नु छ। कति ठाउँ गुपचुप काम गर्ने खोई। (दिक्क मान्दै)

बैद्य: हाहाहा ! गर्नु पर्छ नाटक, जहिले सम्म चुनाब हुँदैन। आजकल फिल्म भन्दा नाटक बढी चलेको त्यसै होइन। म गएँ अहिले।

अन्धकार भएपनि बुढेसकाल लागेको बैद्य बडो फुर्तिसाथ हिँड्यो ।

One thought on “गाईजात्रा विशेष: बैद्य र डाक्टर (पाहुना पाठकको लेख)

  1. व्यंग्य भन्दैमा यसरि नाम नै त नतोकौ न हौ मित्र …. कमरेड हरु को पारो तातेला

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s