न्यायको लडाईँमा तपाईँको साथ


हिजो र आजका अपराध गर्नेहरुलाई कारवाही भएमात्र भोलीका अपराधीहरु दुरुत्साहित हुन्छन्। नेपालमा आफ्नै सत्ता नै आएपनि विश्वसमुदायले सजायँ दिइछाड्ने रहेछ भनेर उनीहरु डराउनेछन् र हामी सुरक्षित हुनेछौँ। अहिले न्यायको खोजि किन गर्नुपरेको हो भन्नेबारे मेरो विचार।


कर्नेण कुमार लामालाई अनुसन्धानको निम्ति विदेशमा हिरासतला लिनु र डेकेन्द्र थापा हत्याकाण्डको बारे नेपालमा छानविन चल्नु करिब एकै समयमा भएका घटना थिए। लामाको पक्राउले नेपाल राष्ट्र कमजोर भएको सन्देश दिन्छ, त्यसकारण त्यसको सबैले विरोध गर्नुपर्छ भन्ने एउटा मत थियो। अर्को मत यो पनि थियो कि मानवअधिकार अपराध बारे छानविन र कारवाहि नेपालले गर्दैन भने विदेशमै भएपनि हुनु राम्रै कुरा हो। म दुबै मतसँग सहमत छु। नेपालको कुटनीतिक प्रतिष्ठा र नेपाली नागरिकको सुरक्षाको बारे हामीले पीर गर्नुपर्छ। विदेशीले हाम्रो नागरिक पक्रियो भने त्यसको बारे उचित कदम चालेर उसको सुरक्षा गर्नु हाम्रै दायित्व हो। तर कानुन र र विधिको शाषण मान्ने देश हौँ र त्यस्तै अन्तर्राष्ट्रिय छवि बनाउन चाहेका हौँ भने मानवअधिकार हनन र युद्ध अपराध जस्ता गम्भिर मुद्दाको बारे हामीले बाकिँ विश्वलाई ढुक्क बनाउन सकेनौँ भने हाम्रो हालत झन् खराब हुन्छ।

Maoists attempted to murder journalist TIka Bista even after the start of peace process (picture: Nepali TImes)

Maoists attempted to murder journalist TIka Bista even after the start of peace process (picture: Nepali TImes)

शान्ति प्रकिया शुरु भैसकेपछि पनि नेपालमा बोलेको र लेखेको भरमा धेरैले सजाँय भोग्नुपरेको छ। केहि वर्ष अघि रुकुमकी टिका विष्टलाई माओवादिले मरणाशन्न हुनेगरी आक्रमण गरेका थिए। शान्तिप्रकिया शुरु हुने बेला तिरै बारामा वीरेन्द्र साहको हत्या गरिएको थियो। उमा सिंहको हत्या अझै रहस्यमयी रहेको छ। जिल्लाहरुमा थुप्रै पत्रकार, अधिकारकर्मी, राजनीतिकर्मी र समाजकर्मीहरु प्रति आक्रमण भइरहेकै छन्। आजकल राजनीतिमा माओवादिको बन्दुक, पैसा र पाखुरासँग प्रतिस्पर्धा गर्न मुश्किल बनेकोले र आफ्नै आधार र अडान गुम्दै गएकोले एमाले-काङ्ग्रेसहरुले पनि यस्तै हर्कत गर्न थालेका छन्। यद्दपी केन्द्रिय नेताहरुलाई दवाव दिएपछि उनीहरुले आफ्नो लोकतान्त्रिक छवि र विगतको कारणले कहिलेकाहिँ कार्यकर्ताहरुलाई त्यस्ता काम कम गर्न निर्देशन पनि दिने गरेका छन्। माओवादिका उपल्ला नेताहरु भने खुलेआम नै अझै धेरै बलिदान गराउन तयार रहेको, अरुलाई झम्टिनु परेको, खुट्टा भाँच्नु परेको आदि निर्देशन दिइरहन्छन् र हिंशा नै एकमात्र उपाय र सत्य रहेको स्विकार्छन्। त्यसकारण यस्तो स्थितीमा न्यायको खोजी, विधिको शाषण र लोकतान्त्रिक प्रकियाको विकास गर्न निकै अप्ठेरो हुँदै गइरहेको छ।

Dekendra Thapa, a journalist murdered by Maoists during their war (picture: mikeldunham.blogs.com)

Dekendra Thapa, a journalist murdered by Maoists during their war (picture: mikeldunham.blogs.com)

न्यायको खोजी किन चाहिएको हो? म आफ्नो व्यक्तिगत बिचार प्रस्तुत गर्न चाहन्छु। म जस्ता लेख्ने-बोल्ने मानिसहरुलाई र देशका सबै जनतालाई निरन्तर एउटा भय छ, कतिखेर के हुने हो। के बोलेको वा कार्य गरेको आधारमा कसको आक्रमणको तारो बन्नुपर्ने हो कसैलाई थाहा छैन। स्थानीय तह र गाउँटोलमा यो स्थिति झनै डरलाग्दो छ, किनकी त्यहाँ यस्तै मानिसहरुसँग दिनदिनै व्यवहार गर्दै बस्नुपर्ने वाध्यता छ र केहि परे सुरक्षा-कानुनको कुनै ग्यारेन्टि छैन।

विगत र हालका अपराध गर्नेहरुलाई कारवाहि भयो भने कम्तिमा म ढुक्कसँग लेख्न पाउँछु। त्यस्तो कारवाहिले अपराध गर्नेहरुलाई दुरुत्साहित गर्छ। भोली कसैलाई धम्कि दिनुअघि, कुनै भौतिक आक्रमण गर्नु अघि वा ज्यान लिनुअघि उनीहरुले धेरैपटक सोच्छन्। नेपालमा मेरै सरकार भएपनि विदेशमा समात्ने रहेछ, विदेशमा नसमातेपनि नेपालमै दवाव बढेर कारवाहि भइछाड्ने रहेछ भन्ने उनीहरुलाई थाहा हुन्छ। नेपालले कुनै पनि युद्ध अपराधीलाई कारवाहि नगर्ने हो भने नेपाल सहभागी रहेको अन्तर्राष्ट्रिय मञ्चहरुबाट नेपाल बहिष्कृत हुन पनि सक्छ र नेपालका नागरिकहरुलाई घुमफिर गर्न कडाइ गरिन सक्छ। नेपाललाई सहयोग रोक्का गर्ने वा दवाव दिएर एक्लो बनाउने कार्यहरु हुनसक्छन्। त्यसपछि हामी भारत र चीनको शरणमा पर्नुपर्ने हुन्छ, र उनीहरुले समयोग गर्न राजी भएपनि कडा सर्तहरुको सामु सम्झौता गर्नुपर्नेछ। त्यसपछि केको राष्ट्रियता, केको सार्वभौमिकता।

Nanda Prasad Adhikari and Ganga Maya have been fighting a long and deadly battle for justice (picture: blog.com.np)

Nanda Prasad Adhikari and Ganga Maya have been fighting a long battle for justice (picture: blog.com.np)


त्यसकारण अहिले दोषिहरुलाई कारवाहि नगर्ने हो भने र कानुनी प्रकिया विना हस्तक्षेप अघि नबढाउने हो भने यो देशमा कोहि सुरक्षित छैन। मजस्ता अरु धेरैले नाम लुकाएरै लेखिरहनुपर्नेछ वा त्यसो गर्न पनि पाउने छैनन्। अहिले विभिन्न मानिसहरुले व्यक्तिगत तहमा गरिरहेको न्यायको लडाईँलाई साथ दिनुको हामीसँग विकल्प छैन। एकजनाले न्याय पाए अरुपनि उत्साहित भएर न्याय माग्न अघि बढ्नेछन्। नत्र अहिले न्याय माग्नेको बोली बन्द गरिदिने हो भने भोली कोहि पनि अगाडि आउने छैन र यो देशबाट न्याय र कानुन सदाको निम्ति समाप्त भयो भनेर बुझे हुन्छ। झन् चुनावको अगाडि यस्तो नजिर बसाउने हो भने चुनाव कस्तो होला, परिणाम कस्तो आउला र हामी सबैको भविष्य कस्तो होला?

यदि तपाईँलाई आफ्ननो स्वतन्त्रता प्यारो छ, आफ्नो अधिकार र कर्तव्य वहन गर्न मन छ, आफ्नो र सन्ततिको भविष्य र सुरक्षित बाँच्न पाउने हकको पीर छ भने तपाईँले कसको साथ दिनुपर्छ र कसका अतिवादको विरुद्ध अडान लिनुपर्छ, तपाईँलाई राम्रोसँग थाहा छ। अहिले अपराधीहरुलाई कारवाहि हुने हो भने तपाईँमाथी अपराध गर्न भोलीका संभावित अपराधिले अनेक पटक सोच्नेछ र शायद अपराध गर्नबाट पछि हट्नेछन्। नभए तपाईँसम्म उनीहरुका डरलाग्दा हातहरु आइपुग्न कत्तिपनि समय लाग्नेछैन। हेर्दा हेर्दै त्यो हातले तपाईँ-हाम्रो घाटी निमोठ्ने छ, तर हाम्रो निम्ति बोल्न कोहि तयार हुनेछैन, हाम्रो बोली कसैले सुन्ने छैन।


More information:

A couple has been fighting a long battle for justice in Nepal. Their teenaged son was killed during armed conflict in Nepal, allegedly by the Maoist. The government jailed the couple when they asked for justice and later sent them to a mental hospital. They’re fighting for their life now in a Kathmandu hospital. Although police are investigating the case, Maoist leaders Baburam and Prachanda have openly threatened the government and civil society against any investigation. They repeated their threat again today, and warned that serious actions will be taken if the investigation is carried out. The government has remained silent and even failed to assure a fair trail and independent legal process.

HRW: Nepal: Adhikari’s Parents Deserve Answers

HTW: Nepal: Truth & Reconciliation Law Betrays Victims

फुजेल घटनाको अनुसन्धान रोक्न दवाब

Rights and Wrongs. Two Photos, Two Stories. Justice and Injustice. Nepal

Democracy without justice

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s