विज्ञान रिपोर्टरहरुलाई केहि सुझाव


नेपालका पत्रिकामा काम गर्ने, विज्ञान सम्बन्धि लेख र समाचार लेख्ने पत्रकार साथीहरुलाई मित्रवत सुझाव स्वरुप यो लेख्दैछु। यस किसिमको नमागिएको सुझाव मैले पहिले पनि दिने गरेको छु, टुइट र यहि ब्लग मार्फत। मोन्सान्टोको सन्दर्भमा होस् वा “बाबुरामले धेरै कर उठाएकोले सबैभन्दा राम्रो अर्थमन्त्री” भनेको सन्दर्भमा होस्। एउटा उदाहरण यहाँ छ

विज्ञान मात्रै हैन, अर्थतन्त्र वा अन्य प्रविधि र विषयगत ज्ञान चाहिने फाँटका धेरै रिपोर्टहरुमा समस्या देखिराख्छु। म पनि यि विषयको विज्ञ हैन, तर केहि उपयोगी सुझाव तैपनि दिनसक्छु भन्ने लागेर यो लेख्दैछु। नेपाली पत्रकारीतामा विज्ञानको बारे सबैभन्दा बढि दख्खल र चासो राख्ने व्यक्ति शायद कुन्द दिक्षित हुनुहुन्छ। वहाँसँग यस बारे थप सुझावको अपेक्षा गरिन्छ। कुन्द दिक्षित यस विषयमा नेपाल मात्रै होइन, दक्षिण एसियाकै अग्रणी र विश्वकै कम पत्रकारहरुमध्ये पर्नुहुन्छ। नेपाली पत्रकार र सम्पादकहरुलाई उडाउनेहरुले अरुको दक्षता र विज्ञताको सम्मान गर्नु पनि जरुरी छ।

  • आविष्कार, खोज, अन्वेषण, प्रयोग आदि फरक फरक कुराहरु हुन्। कसैले हेलिकप्टर बनायो भने त्यो अाविष्कार हुँदैन। हेलिकप्टरलाई चाहिने प्रविधि निकै पहिले विकास भैसकेको छ। फेरी हेलिकप्टर बनाउनु “उत्पादन” गर्नु हो, जुन बढि औद्योगीक काम हो, वैज्ञानिक हैन। त्यसो गर्ने मानिसहरुको पक्कै सम्मान गर्नुस्, तर उचित रुपमा। त्यस किसिमको उत्पादन गर्दा उनिहरुले केहि सानो नयाँ कुरा सिकेका हुनसक्छन्, कुनै घरेलु प्रविधी प्रयोग गरेका हुनसक्छन्, इन्धन जोगाउने तरीका अपनाएका हुनसक्छन्, वा पहिले प्रयोग नभएका सामग्री प्रयोग गरेका हुनसक्छन्। बुझ्नुहोस्, र तीबारे लेख्नुहोस्। केहि नभएपनि कुनै प्रविधीको नक्कल गर्दा पनि धेरै कुरा सिकिएको हुन्छ, त्यसको निम्ति चाहिने ज्ञान आर्जन गरिएको हुन्छ ,त्यसलाई सोहि रुपमा लेख्नुहोस्, तर हेलिकप्टर पहिलोपटक बनेजस्तो समाचार नबनाउनुहोस्।
  • आइन्स्टाइनको फर्मूला गलत सावित भएको लेख्दा होसियार हुनुहोस्। यस किसिमका समाचार धेरै पढ्न पाइन्छ। आइन्स्टाइनका काम गलत सावित हुनैनसक्ने पक्कै होइनन्। तर कसैले भन्दैमा त्यो गलत हुने हैन। कोहि प्रोफेसरलाई सोध्नुहोस्, वा अरु कुनै विज्ञलाई सोध्नुहोस्। कहिलेकाहिँ सावित हुनुभन्दा पहिले प्रश्न मात्रै सोधिन्छ। प्रश्नबारे खोज गरेपछि मात्र त्यो सहि वा गलत भन्ने थाहा हुन्छ। दावी गरिरहेको मानिसको प्रश्न राम्रो हुनसक्छ, तर त्यसको अर्थ उसले आइन्स्टाइनलाई गलत प्रमाणित गरिसक्यो भन्न मिल्दैन। धेरै मेहेनतपछि बाकिँ वैज्ञानिक समुदायले स्वीकार गरेपछि मात्रै त्यस्तो दावी गर्न मिल्छ।
  • अनुसन्धान एक्लै गरिँदैन। “नेपालीले क्यान्सरको औषधी पत्ता लगाए” लेख्न पक्कै मजा आउँछ। भारतीय मिडियाको यस्तै समाचारको प्रभावले हामीलाई पनि काउकुती लगाउँदो हो। तर प्राय विज्ञान एक्लै हुँदैन भन्छन्। नेपाली सामेल टोलीमा कतिजना थिए। उसको भुमिका के थियो। यस्ता प्रश्न सोध्नुहोस्। तपाईँलाई समाचार दिने व्यक्तिले बढाईँचढाईँ गरेको हुनसक्छ। सिधै वैज्ञानिकलाई लेखेर “तपाईँले यो क्यान्सरको औषधी पत्ता लगाउने कामको फलानो फलानो कामको नेतृत्व गर्नुभएको हो?” भनेर सोध्नुहोस्। प्राय वैज्ञानिकले आफुले नगरेको काम वा त्यसरी दावी गर्न नसकिने कामलाई हो भनेर भन्दैन रे। उसले “हैन, त्यसो भन्न अलि मिल्दैन, यसो भन्नुस्” भनेर जवाफ देला। समाचारको श्रोतको मात्रै भर नपरेर माथि भनेजस्तै कोहि विज्ञलाई पनि सोध्नुहोस्। उनको पनि राय समाचारमा राख्नुहोस्।
  • धेरै नेपाली वैज्ञानिकहरु छन्। आजकल नेपाली वैज्ञानिकको पहिलेजस्तो कमी छैन। विश्वभरका नामी अनुसन्धान शालाहरुमा नेपालीहरुले विश्वकै कठीन वैज्ञानिक प्रश्नहरुको हल खोजिरहेका छन्। विद्यावारीधि गर्ने नेपालीको पनि कमी छैन। त्यसकारण कसैले विद्यावारीधि गरेको विषयलाई नै दुनिँया बदल्ने आविष्कार जस्तो गरी समाचार लेख्नु अघि विचार पुर्याउनुहोस्। कसैको विद्यार्थी कालको काम त्यति चमत्कारिक हुने संभावना निकै कम हुन्छ। केहि वर्षमा नेपाली मूलका एकजना अर्थशास्त्रीले नोबेल पुरस्कार नै पाउने संभावना रहेको छ। त्यसकारण सबै वैज्ञानिक कामहरुलाई नोबेल पुरस्कार नै जितेजस्तो गरी प्रस्तुत गर्नुअघि सोच्नुहोस्। अरुसँग बुझ्नुहोस्। अनि बल्ल लेख्नुहोस।
  • अरु धेरै स-साना तथ्याङ्क, शब्द-चयन आदिमा ख्याल गर्नुपर्ने कुरा होलान्, तर माथि भनेजस्तै म विषय विज्ञ नभएकोले अरुले त्यस्ता कुरा कमेण्टमा लेख्लान् भन्ने आशा गरौँ। तर माथिका केहि कुरा ख्याल गरे धेरै गल्तिहरु आफैँ कम हुनेछन् भन्ने लाग्छ। तपाईँको कामको निम्ति धन्यवाद र शुभकामना।

2 thoughts on “विज्ञान रिपोर्टरहरुलाई केहि सुझाव

  1. Your post seems to hold Nepali journalists to different standards than those applied to journalists elsewhere.

    I don’t see a problem with crediting the research to a Nepali if a Nepali is a part of the research team. This is pretty common practice, and everyone involved in the research can claim credit for it. Although, when being specific or talking about the details, each contributor’s role has to be clearly spelt out, it is common for team members to claim credit for the team work. Why should Nepali reporters treat it any different? Afterall, it’s just a newspaper reporting a general science news. Attributing the work to a Nepali is completely fine, as long as him being part of a team is not deliberately omitted out.

  2. I saw on twitter that the discussion started with Kantipur’s news on a Nepali scientist’s work published in Nature recently.

    I had issues with the title and the first paragraph for the hyperbole, and the fact that the news writer didn’t ask another expert to comment on the study. Usually if you only interview the author(s), the news story ends up reading like a university press release. But having said that, the news article was well written, and this is a really cool study. Awesome that the lead author is a Nepali!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s