केहि गर्नुपर्यो


हाम्रो राजनीति र दिनचर्या बढो बेरङ्गी भयो हेर्नुस्, केहि रमाइलो नगरी भएन । चट्ट माइतीघर मण्डलामा जम्मा हुने । महिला, पुरुष सबै । एकदम समावेशी । अनि देखाइदिने ।

Picture: boreme.com

Picture: boreme.com

६ महिनामा संविधान बन्ला ?

बन्दैन । सरकारै ६ महिना चल्ने हो कि हैन, कसरी संविधान आउँछ ? यो सरकार अब ढल्छ ।

हैन भारतले खोजेको चाहिँ के हो ? देश टुक्रिन्छ कि क्या हो ?

बत्ति छैन, ग्यास छैन, कत्ति राजनीतिको कुरा गर्नु यार ?

अब आन्दोलन गर्नुपर्छ, अनि ग्यास पाइन्छ ।

आन्दोलनले ग्यास पाइने भए त भैहाल्थ्यो नि । क्रान्ति नै गर्नुपर्छ, अनि बल्ल ग्यास पाइन्छ ।

हैन, जति क्रान्ति गरेपनि नेतृत्व भएन भने काम छैन, नेतृत्व विकास गर्नुपर्छ ।

धत्, नेतृत्वले कहाँ हुन्छ ? नियत चाहिन्छ नियत- असल नियत भएन भने जे गरेपनि ग्यास पाइँदैन ।

यस्ता नियत, नेतृत्वले केहि हुँदैन हेर । त्याग गर्नुपर्छ । सबैले त्याग गरे पो देश बन्छ । सबैलाई खानै परेको छ । यस्ता लोभीहरु भएको देशमा कसरी ग्यास पाइन्छ ?

सकारात्मक सोच्न सक्नुपर्यो नि – अनि पो ग्यास पाइन्छ ।

हाम्रो राजनीति बढो बेरङ्गी भयो हेर्नुस् । जहिले हेर्यो उहि कुरा छ । टिभीमा, पत्रिकामा, चियापसलमा । कसैलाई दिक्क पनि लाग्दैन कि के हो ?‍ के गर्ने होला त ? फुटबल खेल्न जाऔँ भन्यो । साथी भन्छ- कहाँ फुटबल खेल्नु ? राज्यको पूनर्संरचना नगरी फुटबल खेल्नु हुँदैन । घुम्न जाऔँ न त, रमाइलो हुन्छ, फ्रेस हुन्छ । हुँदैन, यस्तो विभेदकारी राज्यलाई सहयोग गर्नु हुँदैन, कहाँ घुम्न जानु ? संघर्ष गर्ने बेला छ । सबैलाई आन्दोलित गर्नुपर्छ । जनता नजागेसम्म अब केहि हुन्न यो देशमा । जनता उठाउनुपर्छ ।

जनताको अरु केहि कामै छैन ? खेल्न, मनोरञ्जन गर्न, घुम्न, पैसा कमाउन, पैसा उँडाउन, केहि गर्न नदिएपछि अरु कामै के हुनु ? दिनरात त्यहि समाचार हेर्यो, राजनीति भन्यो । कहिले माथिबाट संविधान खस्ला र खाऔँला भनेर मुख आँ गरेर बसिएको छ । मुखमा संविधान परेपछि रमाइलो गर्न पाइन्छ कि ? कि फेरी संघर्ष गर्नुपर्ने हो ? हत्तेरी कस्तो गाह्रो ।

राजनीति यस्तो बेरङ्गी भयो भने मुश्किल हुन्छ । के हुन्छ, भन्न सकिन्न । बर्षौँदेखि अर्थतन्त्र बिजोग भएर ग्रीसका जनता आजित भएका थिए । राजनीति बेरङ्गी भएको थियो । कोहि नपाएर एकथरी अतिवादीहरु पनि संलग्न भएको गठबन्धनलाई चुनाव जिताएका छन् । विकल्प नभएपछि के गर्नु ? २-४ वर्षमा यिनलाई बेकार चुनिएछ भन्ने भान पर्छ । फेरी अर्को दिक्दारीले जरा गाड्छ । अर्थतन्त्र झन् डामाडोल हुनसक्छ । त्यस्तै बेरङ्गी र डामाडोल हुँदा जर्मनीमा पनि हिटलरले चुनाव जितेका थिए । के गरुन् त जनताले ?

नेपालमा अलि अचम्म छ । कुरा बिग्रिरहन्छ, कहिल्यै बनेजस्तो लाग्दैन । तर बिग्रेपनि पनि ठिक्क ठिक्क मात्र बिग्रने क्या । डामाडोलै नहुने कहिल्यै । अथवा जति भए पनि हामीलाई डामाडोल नै नलाग्ने । “चलिहाल्छ नि” । डामाडोल नै भए एकथरीले भनेजस्तो क्रान्ति हुन्थ्यो कि ? सत्ताको जग पुरै हल्लिएर “जनताको सत्ता” आउँथ्यो कि ?

तर यस्तो बेरङ्गी र दिक्दारी भैरह्यो भने जे पनि हुनसक्छ । पहिला पो राजा थिए, केहि कुरा बिग्रिए, राजा आऊ देश बचाउ भन्न पाइने । फेरी राजाले कुरा बिगार्थे, राजा जाऊ, हामी नै गर्छौँ भन्न पाइने । अहिले कसलाई बोलाउने ? बोलाउन त विदेशीलाई बोलाइरहेका छन्, तर त्यसरी होला त ? विदेशीले गरे पनि फेरी यिनै नेताहरुबाटै काम गराउने हो । आफ्नै फाइदा हुने काम गर्ने हो । त्यो झन् नराम्रो । त्यसैले लोकतान्त्रिक गणतन्त्रात्मक समाधान कस्तो हुन्छ त ? सोचौँ ।

राष्ट्रिय स्तरमै अलि रमाइलो केहि हुनुपर्यो । अलिकता निराशा हटाउने, हाँसो लाग्ने केहि गर्नुपर्यो । घुम्न जाऔँ, फुटबल खेलौँ, चिप्लेटी खेलौँ, गोता मारौँ, जस्तो लाग्नुपर्यो । हामी केहि प्रस्ताव गर्न चाहन्छौँ ।

बेला बेलामा scandal मच्चाउनु पर्यो । scandal मच्चाउनेहरुलाई समाचारमा प्रमुखताका साथ स्थान दिनुपर्यो । अहिलेजस्तो बेसुरका र व्यक्तगित बेइज्जती (विशेषगरी महिलाको) गर्ने समाचार हैन । अलि कलात्मक, अलि रसिलो, अलि रमाइलो, अलि class भएको, तर एकदम scandalous । केहि नगर्ने झुर राजनीतिकहरुलाई केहि गर्न उक्साउनु पर्यो । केहि रमाइलो गर, अनि बल्ल तिम्रो फोटो छाप्छौँ भन्नुपर्यो । नेपाली सिने-नगरी पनि सनसनी विहिन छ । त्यहि राजनीति, समाचार, विचारकै प्रभाव त होला नि ? अन्त सिने-नगरीले मनग्ये सनसनी मच्चाइरहेको हुन्छ, मान्छेको मन बहलाउन सजिलो । कहिले के भिडियो निस्कन्छ, कहिले को मातेर के बितण्डा मच्चाउँछ, कहिले को जेल पर्छ, कहिले कसले पर्दामा दिन नहुने दृश्य दिन्छ, तथानाम बोल्छ । कति गम्भीर हुनु क्या ? क्रिकेट एउटा छ मन बहलाउने । तर यस्तो अग्रगामी देशका हामीलाई त्यति मात्रै ?

छ्या, कस्तो लाजमर्दो । भेराइटै नै छैन । गणतन्त्रमा यस्तो अपमान सह्य हुनै सक्दैन । हामीलाई के सोचेको ? नारा नै बनाईदिउँ: नेपाली जनता के माग्छ, हाम्लाई scandal कम भो भन्छ ! संघर्ष गरौँ ।

राजनीतिक रिपोर्टरहरुलाई बिदा दिएर एकथान पापाराजीहरु नियुक्त गर्नुपर्यो । पत्रिकाले, अनलाइनहरुले । मनोरञ्जनको नाममा त्यहि यौटो संविधानसभा र हाँसउठ्दा विचार र समाचार मात्रै ? पेज १ देखि पुछारसम्म । कस्तो बोरिङ्, हरे । समाचारबाट विचार छुट्याउन नसकिने । विचारबाट ठट्टा छुट्याउन नसकिने । जोक नै गर्ने भए जोकरहरुलाई अलि ठाउँ दिऔँ न बरु । रमाइलो गर्ने भए खुलेरै गरौँ । के यो ल्याङ्ल्याङ् ।

राजनीति मै ध्यान दिने हो भने पनि यो राजनीतिलाई निकास दिन यौटा नेपाली Sarah Palin वा बराबरको पुरुष नेता चाइयो । शब्दजाल,कार्यनीति-रणनीतिको रनभुल्ल र समाचारका निरसता सकिन्थे कि ? इटलीमा अलि अगाडी ग्रीसमा जस्तै जोकरलाई चुनावमा भारी मत दिएका थिए जनताले । तानाशाह, फटाहले दिक्दारीको भोट खोस्नुभन्दा त बरु जोकरले नै खोसेको राम्रो नि, हैन ?

आन्दोलन-विरोधमा पनि नविनता र श्रृजनशिलता खट्केको छ । सधैँ नारा,जुलुस,ढुङ्गा मुडा- दिक्कै भैयो । अब माइतीघर मण्डलामा mooning गर्ने चलन चलोस् न । चट्ट माइतीघरमा जम्मा हुने । महिला, पुरुष, सबै । एकदम समावेशी । बिहान बिहान अफिस जाँदै गरेका मन्त्री, प्रधानमन्त्री र अरु ठुला भनाउँदाहरुलाई मनोहर दृष्यको अवसर दिने । यस्तो पो विरोध । अनि पो दवाव पर्ला । हेर्ने मानिसहरुलाई पनि रमाइलो । बाटो पनि जाम नहुने । किन कसैले यस्तो काइदा नसोचेको होला ? देश साँच्चै अग्रगामी हो भने आँट गरौँ न । ल, कोहि छ ?

गाईजात्रा विशेष: बैद्य र डाक्टर (पाहुना पाठकको लेख)


एक मित्रले “राजनीतिक व्यङ्ग्य” भनेर यो लेख पठाउनुभयो। मैले मनोरञ्जनको निम्ति यसलाई राख्ने विचार गरेँ। केवल व्यङ्ग्यको रुपमा लिइदिनुहोला। व्यङ्ग्य यसप्रकारले कि लेखकले गरेको व्यक्ति, माहोल र कुराकानीको चित्रणमा मैले राम्रो कल्पना गर्नसक्ने खुबि र हसाँउने खुराक भेटेँ।

यस लेखमा व्यक्त कुनै पनि विचार र प्रशङ्गसँग मेरो कुनै सम्बन्ध (सहमति वा असहमति पनि) नरहेको पनि प्रष्ट पार्न चाहन्छु। लेखमा प्रयुक्त पात्रहरु काल्पनिक हुन्, र कुनै व्यक्ति वा घटनासँग मेल खान गएमा केवल संयोग हुनेछ।


(लेखकले नाम प्रकाशित गर्न चाहनुभएको छैन)

भूमिका: दुई एकदम मिल्ने साथी थिए एउटा बैद्य अर्को डाक्टर। नाम बैद्य भएपनि उ जडिबुटी बिशेषज्ञ भने थिएन। तर बैद्यलाई जंगलको बास निकै मनपर्थ्यो। बैद्यले चिनबाट एउटा भूत ल्याएको थियो, त्यहि भूत देखाएर उनले धेरै मान्छेलाई तर्साइराख्थ्यो। उ केहि वर्ष जंगलको बास पश्चात सहर पसेका थियो। सहरमा पसेर स्वाद लिन हतार नगरेको भएपनि संगै सहर पसेका साथीहरु भने सहरी बाताबरणमा निकै मजाले भिजेका थिए। शहरमा निकै मजाले स्वाद लिएर बसेका साथीहरु मध्य डाक्टर एक मिल्ने साथी थियो। डाक्टरले चाहिँ मान्छे फकाउने सुत्र स्वरुप सिद्धान्त आयात गरेको थियो रसिया र जर्मनीबाट। डाक्टर निकै तर्क गर्थ्यो। डाक्टरलाई चाहिने धनसम्पति जोहो चाहिँ उनकी श्रीमतीले गर्थि, जो असल गफ गरेरै मान्छेलाई दिउसै तारा देखाउँथि। डाक्टरको जिम्मा भनेकै आदर्श छाँटेर दुनीयाँ भुलाउने थियो। देशमा चुनाब हुने घोषणा भएको संघारमा उनीहरु भेट भएका थिए। उनीहरुले आफूहरु झगडा गरेको नाटक मंचन गरेर मान्छेलाई भुलाएका थिए। रातको ११ बजे गोप्य भेट भएका थिए अर्को एउटा साथीको घरमा।

टेबलमा लोकल रक्सि, बैद्यले ल्याएको कालिज र मृगको मासु थियो। ढोका लगाइएको थियो।

बैद्य: डाक्टर, के छ यार अरु?

डाक्टर: ठिकै छ यार, चुनाबले टेन्सन देको छ।

बैद्य: भन न त, चुनाब जितिन्छ नि ?

डाक्टर: (अलिकति आवेशमा आएझैँ गरि) अँ ! के हो यार तेरो पारा, ख्याल ख्याल गर्दागर्दै  तिनिहरु संग मिल्छस पो जस्तो लाग्न थाल्यो रे साथीहरुलाई।

बैद्य: (हाँस्दै) हाहाहा। हाहाहा। (उसले हाँसो रोक्ने सकेन)

डाक्टर: ह्या मुला !! अहिले कसैले सुन्लान ! अलि बिस्तारै ! के बिधि हाँसेको होला।

बैद्य: हुनत मलाई शंका गर्दा मलाई रिस उठ्न पर्थ्यो है। हाहाहा !! (फेरी हाँस्यो)

डाक्टर: अनि के त ! अस्तिको गोलमाल सम्मेलनको कुरा हुँदा त, ति बुढो-गोरु र अन्तरेहरु खुब मिलेका थिए त। शंका मैले त होइन, अरु साथीले गरेका हुन्।

बैद्य: हेर साथी ! तँलाई तेरो सिद्धान्त सार्है प्यारो छ। मलाई भने लक्ष्य प्यारो छ।

डाक्टर: (अलि जोशिदै) लक्ष्य हाम्रो एउटै त हो नि ?

बैद्य: हो हो !! क्या डराउँछ यार। लक्ष्य माने चुनाबमा जित हो !! मैले जित्ने स्थिति बनाउछु। अब बन्नै लाग्यो।

डाक्टर: मलाई अलि शंका बढेको छ यार। पुराना घटनाका कुरा गर्छन घरि घरि मान्छेहरु। अस्ति के सम्म भयो भने, हामी जंगल बसेकोबेला लगेको पैसा रसिद सहित फिर्ता माग्न आएका मान्छेहरु। अत्ति हुन लाग्यो अब त !

चुनाव (राजेश केसीको नागरिकमा प्रकाशित कार्टुन)

चुनाव (राजेश केसीको नागरिकमा प्रकाशित कार्टुन)

बैद्य: (रिसाउँदै) अनि के हो यार त्यो ? तिमीहरुले उत्पादन दस्ता भन्ने बनाएर पुराना हाम्रा सेनालाई हातमा कुटो, कोदालो, बेल्चा दिएछौ। तिनले रोल्पाको जंगल खनेर हामीले लुकाएको पैसा झिकेर लगेछन !! हेर साथी जंगल मेरो हो !! मात्र मेरो !! (उसले हात नचाउँदै भन्यो)

डाक्टर: त्यो त मलाई नि मन परेको छैन। तर पैसाको लत लागेपछि तsssss (अलिकति रोकियो) घरि घरि हाम्रा मान्छेले टेर्दैनन् आजकल (उसले दिक्क मान्दै भन्यो)।

बैद्य: तैंले अस्ति काठमाडौँ-महांकालको १ अर्ब जति पर्ने जग्गा तेरो त्यो सिद्धान्त पढाउने भन्दै दिएकै छस त ! कति चाहियो पैसा ?

डाक्टर: खोई त्यो जग्गा पनि सुनप्रसादले झ्वाम पार्ला जस्तो छ ! खोई के हो के हो। आदर्श छाँटन सजिलो छ। पैसाको कुरो म त्यति मेसो पाउन्न। (उसले खुइय गर्यो)

बैद्य: हेहेहे। तैले बाठी बुढी पाएकी छस आतिनु पर्दैन। तैले आफूले जानेको कुरो राम्रो गर।

डाक्टर: अँ साँच्चै, हामी त आज चुनाबको कुरा गर्न पो भेटेको हो त। (उसले घडी तिर आँखा लगायो)

बैद्य: कुरो सिधा छ ! ध्यान दिएर सुन। (मृगको मासु टोक्दै उसले भन्यो)

डाक्टर: भन न त छिटो। (यही मेसोमा उसले रक्सि घुटुक्क पार्यो)

बैद्य: अब चुनाब गरम समय मै। मेरो पार्टी चुनावमा जान्न। चुनाब हुन्छ। म निर्वाचन आयोगमा दल-दर्ता गर्दिन , चुनाब चिन्ह नै लिन्न। अनि हिसाब बराबर।

डाक्टर: अनि त्यो जंगलमा चुनाब भाँड्ने सेनाको तालिम भाको छ रे नि त ?

बैद्य: यी अरुलाई चुट्न हो। अरु पार्टीका उमेदबारलाई , अनि तिनका कार्यकर्ताको खुट्टा भाँच्ने हो। “प्रतिगामी तत्व” भन्ने अनि चुट्ने हो (हाहाहा)

(डाक्टर हौसियो )

बैद्य: चुनाब नजिकै आएसी उनीहरुलाई भोट हाल्छु भन्नेलाई नि चुट्ने हो। सबैलाई खेद्ने अनि सबै भोट तिमीहरुलाई। भोट-हाल्ने बाकस गाउँ गाउँ पुगेसी बल्ल मैले सेनालाई भोट हाल्ने कसरी भन्ने सिकाउँछु। (हाहाहा गर्दै रक्सि घुटुक्क पार्यो)

(डाक्टर झनै हौसियो)

डाक्टर: यो कुरा उनीहरुले थाहा पाए भने नि।

बैद्य: त्यो तेरो चिन्ताको बिषय होइन। तैले अब चुनाब गराउनलाई कोसिस गर। हार्न लागेको जस्तो गर। चिन्तित अनुहार लगाएर झोक्राएर बस। उनीहरुको घमण्ड बढोस्, जित्छम भन्ने सोच्न दे। परेको म बेहोर्छु।

डाक्टर: ल ल !

बैद्य: यसपाली दुई-तिहाई ल्याउनु पर्छ। जसरी पनि। अनि अब अलिकति सम्पति थुपार्ने मेरो पालो नि आउनु पर्यो नि !

ए साँची! जंगलमा सम्पति खोज्न नपठाउनु नि फेरी!!

डाक्टर: हुन्छ।

बैद्य: ल, त्यो मान्छेहरुले पुरानो घटना लिएर आउलान। हुन्छ हुन्छ ! यों चुनाब पछि सब गरौला !! भन्दिनु। चुनाब होस्। अरु पछी। मलाई धेरै शंका नगर्नु, माहोल बन्दैछ भनेर अरु साथीलाई भन्नु। म हिँडे अहिले।

डाक्टर: ल ल, मैले रातोपाटीमा लेख लेख्नु छ। कति ठाउँ गुपचुप काम गर्ने खोई। (दिक्क मान्दै)

बैद्य: हाहाहा ! गर्नु पर्छ नाटक, जहिले सम्म चुनाब हुँदैन। आजकल फिल्म भन्दा नाटक बढी चलेको त्यसै होइन। म गएँ अहिले।

अन्धकार भएपनि बुढेसकाल लागेको बैद्य बडो फुर्तिसाथ हिँड्यो ।

एक बृहत र देशव्यापि निर्यातमुखि उद्योगको प्रस्ताव


भोली न्युयोर्कको “अकुपाई वालस्ट्रिट” आन्दोनलको अग्रपङ्कतिमा टायर जलाउने, सिसा फोड्ने, कालोमोसो दल्ने र ढुङ्गा हान्ने सबै बहादुर कार्यहरुको अगुवाई नेपालबाट निर्यातित लडाकु जथ्थाले पो गरिरहेको हुन्छ कि?

लडाईँलाई नेपालको राष्ट्रिय उद्योग बनाउँदा कस्तो होला?


तपाईँ समाधानमुखि व्यक्ति हुनुहुन्छ र इतिहास र वर्तमानका भुमिका पढ्न मनपराउनु हुँदैन भने सिधै यो लेखको तेश्रो भागमा जानुहोस्, समाधान त्यहाँ प्रस्तावित गरिएको छ।


Could she use our exports? Right: A woman in Middle East throwing rock in a protest. Left: A Nepali Congress activist during a protest in 2009.

Could she use our exports? Right: A woman in Middle East throwing rock in a protest. Left: A Nepali Congress activist during a protest in 2009. (Pictures: Pradeep Shrestha/AFP/Getty Images, sgforums.com)

नेपालको इतिहासमा लडाईँको ठूलो महत्व छ। हुन त सबै देशको इतिहासमा हुन्छ- तर नेपालको हकमा लडाईँको प्रमुखता अलि बढि नै छ।

नेपालको इतिहासमा लडाईँको भुमिका

पृथ्विनारायण शाहले देश एकिकरण गरेको समय देखि हेर्ने हो भने नेपालले धेरै युद्धहरु लडेको छ। पहिले राज्य-राज्य बिच लडाईँ- जस्तै पाल्पा भर्सेस गोरखा, लम्जुङ्ग भर्सेस तनँहु, काठमाडौँ भर्सेस भक्तपुर, इत्यादि। त्यसपछि गोरखा भर्सेस बाकिँ सबै राज्यहरु। पृथ्विनारायण शाह कालमै पनि नेपालले हाल भारतमा भएका भुभागहरुसँग धेरै लडाईँ खेल्यो।

बहादुर शाह आएपछि त ३० वर्षमै नेपालको भुभाग जति विस्तार भयो, त्यसले अनुमान लगाउन सकिन्छ कति युद्धहरु भए होलान्- नेपाल भर्सेस सिक्किम, नेपाल भर्सेस गडवाल, इत्यादि। नेपालले तिब्बत र तिब्बतीहरुका सहयोगार्थ आएका चिनियाहरुसँग पनि लडे, भारतीय राज्यहरुसँग पनि लडे र बेलायतीहरुसँग पनि। नेपालको दरबारमै आपसमा धेरै लडाईँ र काटमार चलिरहेकै थिए। बेलायती सेनाको भाग भएर नेपालीहरु बर्मा, जापान ईत्यादिसँग पनि लडे। प्रथम र द्वितिय विश्वयुद्ध दुबै लडे।

A child playing with a broken gun.

A child playing with a broken gun (Picture: Ben Tubby's flicker)

नेपालभित्र प्रजातन्त्र ल्याउने भनेर विभिन्न पार्टिहरु खडा भए र उनीहरुले पनि लडाईँ खेले- गोर्खा दल, नेपाली काङ्ग्रेस, इत्यादि। भारतबाट बेलायतीहरु गएपछि भारतीय सैनिकका तर्फबाट नेपाली नागरीकहरुले पाकिस्तान र चिनसँग लडिरहे। नेपालमा पञ्चायत आएपछि काङ्ग्रेसको ओखलढुङ्गा विद्रोह र कम्युनिष्टको झापा विद्रोह आदिजस्ता लडाईँ गरिए। नेपालीहरु फल्कल्याण्डमा लडे, कोसोभो र बोस्नियामा लडे, अफ्गानिस्तान र ईराकमा पनि लडे। शान्तिसेनाको रुपमा अफ्रिका र दक्षिण अमेरीकाका देशहरू, मध्यपूर्बको लेबनानजस्ता धेरै देशहरुमा तैनाथ भए।

नेपालमा ४६ साल आयो-गयो, तर लडाईँ रोकिएन। भुमिगत रहिरहेका केहि कम्युनिष्ट नेताहरुले आफ्नो सेना बनाए, युद्ध खेलाए। सरकारले सेना थप्यो, सशस्त्र प्रहरी बनायो। मान्छे टन्नै मरे। नेपाली जनजिब्रोमा सैनिक पदावलीहरु मिसिन थाले- कुना-कन्दराका स्कूलहरुमा अङ्ग्रजी पढाउँदा ए फर आर्मी, जी फर गन, एच् फर हेलिकप्टर, आर फर राईफल भनेर पढाईएको पढ्न-सुन्न पाइएको थियो। नेपालीहरुले एसएलआर, बम डिफ्युज, कर्डन एण्ड सर्च, सुरक्षा फौज, एम्बुस, भिडन्त, दुश्मन जस्ता शब्द सुन्न नपाएको दिनै हुन्थेनन्।

१० वर्षपछि के हुने होला?

Continue reading

Newsy Nepalisms


On twitter today, we posted a series of very serious sounding and heavy words frequently used by Nepali politicians and amplified many times by the daily broadsheet papers.

These words are so important in the Nepali public sphere that their use alone (however out-of-context and purposeless they are) guarantees newsworthiness. The interesting part however is that these words mean nothing in real, they are meant to confuse the audience and gain news-space. Many Nepalese might not even know the meaning of these words, and those who do have no clue of what to make out of them. If one is to respect the true intention of whoever speaks and writes them, we should learn to treat these words as jokes and enjoy them as such only.

For me, these colorful words are reasons enough to catch up with missed editorials and op-eds. That is the only reason I am collecting and posting them here- I just laughed for a long time going back in the twitter timeline and reading these words.

They’re here so I or you can come again and have a ball 🙂

[View the story “Newsy Nepalisms” on Storify]

Please see the list of words on Storify by clicking the link above. My personal favorite Nepalisms are: प्याकेजमै सहमती, दुष्मन कुहिरोको काग जस्तो भएको छ, रुपमा फरक भए पनि सारमा एकै हो, संविधान निर्माण ।