अर्को एक पेग, राष्ट्रिय सहमतिका लागि


अर्को एक पेग, राष्ट्रिय सहमतिका लागि

  • नकावी

 

बुद्ध बारको सुमधुर सँगित,

अनि बिदेशि ह्वस्कि सँगै,

म थोरै पल,

पाश्चात्य अनुभत गर्छु,

बिर्सन्छु मेरा यथार्थ,

भित्तामा टाँगिएको,

बुद्धको मुर्ति,

मस्तान्नदमा छ,

अर्को टेबलकि युवति,

सायद, त्यहि खोजिमा छे,

म अन्त्यै छु,

मनमा शब्द ठोकिदँै छन,

बाक्यहरु बन्दै छन बिस्तारै,

रेडियोमा पौडेल जि पछि हट्दैछन,

राष्ट्रिय सहमतिका लागि,

म पनि त थप्दैछु एक पेग,

राष्ट्रिय सहमतिका लागि,

बिस्तारै उठ्छु,

रात हल्का छिप्पिएको छ,

पाले दाइ ढोकामा उभिए,

सलाम ठोके सायद,

मैले देखिन,

मेरो मष्तिस्कमा,

उन्का लाला बाला छन,

सम्झन्छु,

उन्ले, सलाम ठोकेरै,

बोर्डिङ पठाएको कुरा,

अनि प्रजातन्त्रसँगै हराएको,

राज्यको उपस्थिति,

प्रतिक्रिया बिहिन म,

उनलाई हेर्न सक्दिन,

थोरै अघि बढ्दा,

बाटा छेऊ लडेका,

जिउँदा मानब शरिर हरु,

पुन प्रजातन्त्र पढाउँछन मलाई,

म पढ्न चाहन्न,

उनिहरु भन्दा धेरै पर,

नर्सिहँ चोकमा,

आगो दन्केको छ,

बर्दिका पुलिशहरु,

थोरै ताप खोज्दैछन,

म सम्झन्छु,

बिना हतियार,

युद्ध भुमिमा जुटेका,

सह-योद्धाहरु,

सुडानमा जाडो छैन सायद,

त्यसैले सिटौला जि मस्त निद्रामा होलान,

तर म सुतेको छैन,

अझै एक पेग,

पिउनु छ मैले,

राष्ट्रिय सहमतिका लागि

पार्किङ लटका युवाहरु,

कठाङ्ग्रिएका छन,

कर्त्बयाबोध छन,

मौन छु म,

मैले फेरि तोड्नु छ,

मा.प.सेका नियमहरु,

खरेल बिदामा छ,

म ढुक्क छु,

बामे सुतेकै होला,

रावल पनि सुतेकै छ,

मेरो बाइक रोकिँदैन,

किनकि,

घरमा सिँगै बोतल छ,

अनि मेरा लागि,

अर्को एक पेग,

राष्ट्रिय सहमतिका लागि ।

Advertisements

साहित्य मेलामा नेपालको सार्वभौमिकता र राष्ट्रियता


  • “हामी कति सार्वभौम” भन्ने शिर्षक रहेको एउटा कार्यक्रम देखेको थिएँ यसपटकको “एनसेल साहित्य मेलामा”। कार्यक्रमको उद्घाटकै दिन। नेपाल जतिसुकै कमजोर भएको किन नहोस्, देशभित्रबाट आफ्नै सार्वभौमिकतामाथी प्रश्न उठाएर कार्यक्रम गर्न लागेको देख्दा अचम्म लागेको थियो। बहस सबै कुराको हुनसक्छ र कार्यक्रमको नाम राख्ने आयोजकहरुको अधिकारमा कसैले प्रश्न गर्न सक्दैन। तथापि, नेपाल अब सार्वभौमिक देश होइन है भनेर यसलाई एउटा स्विकार्य अभिमत जस्तो बनाउने प्रयासको बारे चनाखो हुनैपर्छ। नेपालको सार्वजनिक वृत्तमा यस्ता केहि लेखक, स्तम्भकार, राजनीतिज्ञ र अन्य पात्रहरु छन्, जसले हाकाहाकी नेपालले केहिगरे पनि भारतको प्रभावबाट पर बस्न नसक्ने हुँदा बरु लम्पसार नै परे हुन्छ भन्ने तर्क गरिरहन्छन्। उनीहरुको उद्देश्य स्पष्ट छ: यस्तो सोच र बहस बारम्बार दोहोर्याएर नेपालीहरुमा रहेको अगाध देशप्रेम र आफ्नो देशको सार्वभौमिकताको भावनालाई विस्तारै कमजोर बनाउँदै जाने र नेपाल पुरै हारिसकेको पराधीन देश हो भन्ने सोच स्थापित गराउने। नेपाल अन्य देशको पुरै पराधीन भैसकेको छ भन्ने सोच आम नेपालीहरुको निम्ति अकल्पनीय छ, एक हिसाबले बर्जित छ। देश कमजोर बनाउन चाहने माथी उल्लेख गरेका जस्ता पात्रहरुको काम यहि बर्जित सोचलाई बिस्तारै स्विकार्य बनाउँदै जाने र देशभित्रका मानिसहरुको सो भावनालाई कमजोर बनाउनु हो।साहित्य मेलाका आयोजकहरुलाई आफुले प्रकाशित गरेको पुस्तक (प्रयोगशाला- सुधीर शर्मा) को बारेमा छलफल होस्, किताब अझ बिकोस् भन्ने लाग्नु स्वभाविकै हो। तर त्यसको निम्ति यस्तो शिर्षकको छलफल कार्यक्रम राख्नु खेदजनक छ। आयोजकहरुले पछि कार्यक्रमको नाम परिवर्तन गरेर “अन प्रयोगशाला” राखेछन्, त्यसको निम्ति उनीहरुलाई धन्यवाद। आगामी दिनहरुमा यस्ता गल्तिहरु नहुन् भन्ने कामना।
  • फेरी कुरा देशकै बारेमा र माथि उल्लेख गरेका पात्रहरुकै बारेमा। साहित्य मेलामा अर्को कार्यक्रम थियो, राष्ट्रियताको पुनर्परिभाषा बारे। यस कार्यक्रम र यसका सहभागीहरुका बारे भन्न सकिने धेरै कुरा भएपनि एकजनाले फेसबुकमा लेख्नुभएको यो स्टाटस नै काफि हुने हुँदा अरु कुरा थप्न आवश्यक ठानिँन :

मदनकृष्ण को जोक र विद्वानहरूको खोक, Ncell Lit Fest बाट:

हिजोको एउटा सेशनमा मदनकृष्णले नेपालमा नेपालीहरू भेटिन छाडेको (जातजाती मात्र भेटिन थालेको) बारे एक जोक सुनाए ।

त्यसपछिको अर्को सेशन चाही त्यही जोकको anti-climax बन्ने अपेक्षा गरिएको थियो (Theme थियो: नेपाली राष्ट्रीयताको पुनर्परिभाषा), तर सञ्चालक र तीन वक्ताहरू सबै झाडीमा लौरो हानेर बसिरहे, पोयो फुकाएनन् ।

समस्या के देखियो भने नेपाली राष्ट्रियताको पुनर्परिभाषा चिच्याई चिच्याई गरिरहेको मुल दस्तावेज (अन्तरिम सम्विधान २०६३ को धारा ३ र त्यसैको थप व्याख्या गरिएका धाराहरू २१, ३३घ, ३५.१०, ३५.१४, ६३.४, ६३.५ आदि) लाई acknowledge गर्न र credit दिन मञ्चका चारै पण्डितहरू अनिच्छुक देखिए । कारण बुझ्न कठिन छैन । कारण के हो भने यी विद्धानहरू नेपाली राष्ट्रीयताको पुनर्परिभाषाको ठेक्का र श्रेय उनीहरूकै लेखनीलाई भएको कुरा बुझियोस् भन्ने चाहन्थे । दुर्भाग्य, कसैले पनि बुझिदिएनन् 

______________________________________
अन्तरिम सम्विधान २०६३; धारा ३. राष्ट्र:
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो ।

Interim Constitution 2007; Article 3. Nation:
Having multi-ethnic, multi-lingual, multi-religious, multi-cultural characteristics with common aspirations, and being committed to and united by a bond of allegiance to national independence, integrity, national interest and prosperity of Nepal, all the Nepali people collectively constitute the nation.
____________________________________

Ushaft’s Law (युशाफ्टको प्रस्ताव)


The law states: “As a Nepal related discussion grows longer, the probability of a blame or abuse against the Khas race approaches 1”

This has been a recurring theme of my writings and I would like to give it a formal name. This will make it easier for anyone referring to this phenomenon. They can just refer to this page, and the reader will understand it in detail. This post will be constantly updated with examples and illustration to make the law clear.

(inspired by Godwin’s law)


नियम यसप्रकार छ: नेपालबारे हुने छलफल जति लम्बिँदै जान्छ, उति खस जातिविरुद्धको गालि र दोषारोपणको संभाव्यता १००% को निकट हुँदै जान्छ।

मेरा लेखहरुमा यो बारम्बार दोहोरिरहने विषय हो, र आज म यसलाई एउटा औपचारिक नाम दिँदैछु। यो विषयप्रति ईङ्गित गर्न चाहने जोकसैलाई पनि यसले सजिलो बनाउने छ। उनीहरुले यो विषय बुझाउन चाहेको व्यक्तिलाई यो पेजको लिङ्क दिएपछि सो व्यक्ति यहाँ आएर पढ्नेछ र विषयबारे प्रष्ट हुनेछ। म यो पेज निरन्तर अद्यावधिक गर्नेछु, र यो नियमलाई अझै प्रष्टसँग व्याख्या गर्न थप उधाहरणहरु र प्रयोगका तरीकाहरु राख्दै जानेछु।

(“गडविनको नियम” द्वारा प्रभावित)

संस्कृतिको कसरी रक्षा र जगेर्ना गर्ने ?


Janai Purnima: a priest offering sacred thread

Janai Purnima: a priest offering sacred thread (picture: beautifulfarwest.blogspot.com )

Janai Purnima: a priest offering sacred thread

Janai Purnima: a priest offering sacred thread (picture: enasha.com)

ट्विटरमा कुरा गर्दा गर्दै अनेक विषयमा गफ सुनिन्छ र गरिन्छ। मान्छेहरु यस्ता गफ गरेर, चिया खाँदा बहस गरेर वा फेसबुकमा छलफल गरेर के नै हुने हो र भनेर पनि भन्छन्। हो, धेरै स्थितीमा केहि हुँदैन, तर केहि होस् भन्ने सोचेर मात्र गफ गर्नु त आफ्नो महत्वको आफैँले बढि मूल्याङ्कन गरेको हो। कुराकानी गरेर, नयाँ किसिमका मानिसहरु र सोचहरुको बारे थाहा पाएर आफ्नै सोचाईमा पनि विकास र परिवर्तन हुन्छ, अझै परिस्कृत हुन्छ। झगडा मात्रै गर्न खोज्ने, स्पष्ट तर्क र कारणहरुमा आधारित नभइ कु-तर्कहरु र मनपरी कुरा गर्नेहरु, आफ्नो सोचाई लाँद्न मात्र खोज्ने र पहिल्यै देखि आफू ठीक भएको अनि अरुलाई “हराउने” भन्ने मानसिकता हुनेहरुसँग म बहस गर्दिन, नभए मलाई फुर्सदमा ट्विटर, फेसबुक, चिया पसल, चोक, जता पनि अरुका कुरा सुन्न र आफ्ना कुरा राख्न राम्रै लाग्छ।

केहि दिन यता जनै पूर्णिमा र राखि पर्वको बारे केहि बहस सुनियो ट्विटरमा। केहि मानिसहरु जनै पूर्णिमा किन मनाउनुपर्यो भन्दै थिए, कोहि आफ्नो संस्कृती मनाएको जिकिर गर्दै थिए, कोहि राखी “हाम्रो” हैन, त्यसकारण मनपर्दैन भन्दैथिए, अरु मानिसहरु अरु कुराहरु पनि गर्दैथिए । मलाई पनि केहि भन्न मन लाग्यो।

पहिलो कुरा, म व्यक्तिगत स्वतन्त्रताको ठूलो पक्षपाती। म कसैमाथी संस्कृती थोपरिनुपर्छ भन्ने कुरामा विश्वास गर्दिन। मान्छे आफ्नो इच्छा अनुसार नेपाली, भारतीय, बङ्ललादेशी, जापानी, अफ्रिकाली लगायत सबै संस्कृती र धर्म मान्न स्वतन्त्र छ र हुनुपर्छ । मानिस आफ्नो इच्छा अनुसार नागरीकतै पनि बदल्न सक्छ, कुनै संस्कृती नमान्ने बन्न पनि सक्छ । वास्तवमा कसैलाई आफ्नो संस्कृती प्यारो लाग्छ भने उसले के बुझ्नुपर्छ भने त्यसको रक्षा अरुमाथी लाँदेर हुँदैन । कसैलाई आफ्नो संस्कृती त्यति महत्वपूर्ण लाग्छ भने उसले र उसको समुदाय आफैँले केहि गर्नुपर्छ, अरुले मानिदिनुपर्छ भनेर काम छैन ।

यसमा एउटा उधाहरण प्रस्तुत गर्न चाहन्छु: नेपालमा व्यक्तिगत स्वतन्त्रताको बारे निकै कम बुझाई, र प्रशस्त भ्रम र अस्पष्टताले गर्दा होला, बन्द हडतालहरु पनि जवरजस्ती गरिन्छन्। मैले देखेको छु, आफ्नो कामै छोडेर डाक्टर वा शिक्षकहरु हडताल गर्छन्। कसैलाई आफ्नो मागप्रति त्यति धेरै विश्वास र समर्थन छ भने त वास्तवमा उसले आफ्नो जिम्मेवारीको काम सकेर, साझँ समय निकालेर वा विदा लिएर विरोध कार्यक्रममा सरीक हुनुपर्ने हो। कार्यालय समयमा एकछिन बाहिर बसेर हो-हल्ला गर्यो, तलब पनि पाइहालिन्छ, विरोध गरेको जस्तो पनि भइहाल्छ- आहा कति सजिलो। तर सोचौँ- के त्यो मान्छेको साँच्चै आफ्नो मागप्रति लगाव छ त? छ भने उसले समय निकालेर, अलिकति कष्ट गरेरै भएपनि, र परेदेखि बरु बिदा लिएर विरोध गर्नुपर्छ- अनि न असली रुपमा त्यो स्वयंसेवि वा स्वस्फुर्त विरोध हुन्छ। नेपालमा विरोध, बन्द र अवज्ञा जस्ता सालिन विषयहरु पनि यति सस्ता र घृणित भएका छन् । आफ्नो विचार प्रति त्यत्रो निष्ठा छ भने परिआए तलबै छोडेर, पद नै छोडेर विरोध गरौँ न ।

त्यस्तै आफ्नो संस्कृती मनपर्छ भने सरकारले सो मनाउने पैसा देओस्, विदा देओस् भन्नेहरुले आफैँले आफ्नो संस्कृतीको माया गरेर देखाउन्। समुदायका सदस्यहरु आफैँले कमाएको पैसा दान वा चन्दा जम्मा गरेर साझा रुपमा चाड-पर्व मनाउन्, सम्बृद्ध बनाउन्, सहकार्य गर्न सिकुन्, इमान्दार हुन र सामाजिक हुने प्रयास गरुन्। घर बसेर सुति-सुति सरकारले दिएको विदामा २-३ कर्मकाण्ड पुरा गरेकोजस्तो गर्दैमा संस्कृतीको जगेर्ना हुँदैन ।

यस विषयमा केहि कुरा प्रष्ट पनि पारौँ। हो, दुनिँयाका धेरै देशहरुको आफ्नै इतिहास छ, परिचय छ। जसले जे भने पनि नेपाल राष्ट्र बनाएको यहाँका पहाडि शाषकहरुले हो। उनीहरुले आफ्नो र आफ्नो समुदायको रक्षा र विदेशीहरुसँग सुरक्षाको निम्ति यो देशको निर्माण गरे, बचाईरहे र धेरै मात्रामा विकास पनि गरे। नेपाल विश्वकै पुरानो देशहरुमध्ये एक हो, यसको आफ्नै मौलिक इतिहास र परम्परा छ। अवश्य नै, आधुनिक युगमा देशको प्रकृती बढिभन्दा बढि समावेशि र उदार हुनुपर्छ, तर यो ऐतिहासिक तथ्यलाई नजरअन्दाज गरेर नेपालको विकास मुश्किल छ। जर्मनीमा जर्मन भाषा र संविधान राम्ररी नजानि त्यहाँको नागरिकता पाईँदैन, पश्चिमकै अति-विकसित मुलुकहरुमा पनि जतिसुकै संख्यामा भएपनि कसैले चाहँदैमा दशैँमा सरकारी विदा हुँदैन। उनीहरुको सरकारले क्रिशमस र अङ्ग्रेजी नयाँ वर्षकै बेला लामो समय विदा दिन्छ । नेपालको पुरानो परिचय यसको हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित भएको हुँदा यहाँका धेरै मौलिकताहरु माथि त्यसकारण अनावश्यक बखेडा गर्नु अघि यस्ता कुरा सबैले मनन गर्नुपर्छ ।

Dashain, Nepal

Dashain, Nepal (picture: soshgs.blogspot.com)

तेजसँग विश्वव्यापीकरण भइरहेको समयमा हिन्दी वा अङ्ग्रेजी चलचित्रको प्रभावले नेपालका राखी नमनाउने समुदायमा राखी लोकप्रिय भयो होला, वा देशैभरी भ्यालेन्टाइन्स डे बढि प्यारो भयो होला । तर हामीलाई मन नपर्दैमा यो रोकिन्छ त ? एकातर्फ हाम्रो मौलिक परिचयको विरुद्ध देशमा ठूलो डिजाइनसहित केहि वर्षदेखि प्रहार भइरहेको छ, नेपालको इतिहास, एकिकरणकर्ता, पुराना शाषकहरु, धर्म र चलनहरु सबैलाई जम्माजम्मी दुई-चार शब्दमै सिमीत गरेर बदनाम गर्ने सुनियोजित प्रयास चलिरहेकै छ भने त्यसको सामना चाहिँ नगर्ने, तर आफ्नो परिचयबारे हिनताबोधले ग्रस्त हुन बाध्य पारिएका नयाँ पुस्ताका सदस्यहरुलाई फेरी त्यहि गलत, दुष्मन र नराम्रो भनी प्रचार गरेको संस्कृती, धर्म र पहिचान नबचाएको भनेर आलोचला गर्नु कति जायज हो ?

यस्तो समयमा के गरेर आफ्नो संस्कृतीको रक्षा र जगेर्ना गर्न सकिन्छ त? पहिलो कुरा, समस्याका जडको रुपमा रहेका माथीको अनुच्छेमा उल्लेख गरिएका प्रवृतीहरुको डटेर सामना गर्ने र विरोध गर्ने। दोश्रो कुरा, आफ्नै संस्कृतीलाई प्रतिस्पर्धि पनि बनाउनुपर्छ, आफैँले केहि गर्नुपर्छ । जस्तै नेपालमा चलिआएका कतिपय चाडपर्वहरुमा विदा कटौती गरिएका छन् । कि त हामीले मान्नुपर्यो कि हाम्रा परिचयका केहि उत्सवहरु छन्, तीनको सबैले रक्षा गरौँ, सबैलाई विदा दिऔँ, विदेशमा क्रिशमसको गरेजस्तै । तर प्रबल सम्भावना छ कि दशैँ-तिहारमा विदाको प्रस्ताव गर्दा फेरी त्यहि माथिकै प्रवृतीको शिकार भएर, “खस-हिन्दु-शोषक-अहंकारवादिहरु” को चाड बहिष्कार गर्ने र बदनाम गर्ने सुनियोजित प्रयास झन् सशक्त हुनेछ ।

केहि कुरामा पनि सहमति हुँदैन भने यसो गरौँ न त: वर्षमा केहि दिन, जस्तै १०-२०-३० दिन सबैले आ-आफ्नो इच्छाले सांस्कृतिक-विदा लिन पाउने नियम बसालौँ र सबै सांस्कृतिक बिदाहरुको उन्मूलन गरौँ । मान्छेहरु आ-आफुलाई मन लागेको चाडपर्व मनाउन् । नेपालमा सबैभन्दा धेरै मानिसहरुले मनाउने चाडकै समय अधिकांसले बिदा लिन पनि सक्छन्, वा त्यहि समय नेपालमा घुमफिर गर्न मौसम निकै राम्रो भएकोले घुम्नको लागि बिदा लिनपनि सक्छन्। विस्तारै समाजले कम्तिमा केहि शिक्षा त पाओस्, एक-आपसबाट केहि त सिकोस् – के थाहा, पछि नयाँ विकसित त्यस्तो चेतनाको कारणले नेपालको संसदले अत्यधिक बहुमतले फेरी दशैँ-तिहारमै लामो बिदा दिने निर्णय गर्नेछ कि ? र त्यसरी स्थापित भएपछि समाजमा सो समय र चाडपर्वहरुको महत्व पनि निकै बढ्ने र विवादरहित हुनेछ कि ?

Holi, Nepal

Holi, Nepal (picture: flickr.com/photos/fabulousfabs)

तर जे भएपनि अरुमाथि संस्कृती लाँद्ने भन्दापनि आफैँले केहि गरौँ। हाम्रा चाडपर्वहरुका इतिहास र महत्व, मनाउने तरिका आदिको बारे के-कति अनुसन्धानहरु भएका छन्, के-कति पुस्तकहरु छन्, कोहि विदेशीलाई जान्न मनलाग्यो भने के-कति सन्दर्भ सामग्रिहरु हामीले बनाएका छौँ? के होलीको बारे केहि जानकारी चाहिए विश्वका मानिसहरु भारतीय चाड भनेर मात्र यसलाई चिन्नेछन् कि हामीले विकिपेडियामा केहि लेखेका पनि छौँ ? आफ्ना चाड-पर्वहरु, हाम्रा फरकपनहरु र मौलिकताहरु सधैँ र सबैका लागी सुरक्षित र अभिलिखित रहुन् भन्नेमा हामी सजग र कृयाशील छौँ ? हाम्रा चाडहरु लोप भए भने भविष्यका लागि सबैले प्रयोग गर्नसक्ने वृतचित्र वा तस्विरहरु हामीले बनाएका छौँ वा छैनौँ? कि एकदिनको रमाइलो, सित्तैको विदा, बाटो छेकी जबरजस्ती पैसा उठाउने समय र तास खेल्ने मौकालाई अनावश्यक महत्व दिएर हामी संस्कृतीका पक्षपाती जस्ता देखिन चाहन्छौँ ? हामी स्पष्ट हुनु जरुरी छ ।

अन्त्यमा, नेपालको तराईमा राखी मनाइन्छ र होली पनि अलग दिन मनाइन्छ । उनीहरुले काठमान्डुमा पनि सो कायम गर्नु स्वाभाविक मात्र हैन, स्वागतयोग्य कुरा हो। चाहे हिन्दी चलचित्र वा टेलिसिरियलको देखासिकि गरेर होस् वा साँच्चै चाड मनपरेर होस्, ती चाडहरु मनाउन अरु पनि स्वतन्त्र छन्। बाकिँ रह्यो मानिसहरुलाई आफ्नो संस्कृतीको चिन्ता, र अरुको प्रभावले आफ्नो पहिचान ओझेल परेको गुनासो । अलि गम्भीर होऔँ, अरुले गरिदिएर आफ्नो संस्कृती बच्दैन, अरुलाई गर्न नदिएर पनि बच्दैन- आफैँले गर्नुपर्छ । एउटा सुझाव: कसैलाई आफ्नो चाडको अवहेलना भएकोमा चिन्ता लागेको छ भने अरुहरुसँग मिलेर एउटा राम्रो पुरस्कार-सहयोगको घोषणा गरेर उत्कृष्ट निबन्ध, फोटो-सङ्ग्र वा विकिपेडिया लेखहरुको प्रतियोगिता गराएर हेर्नुहोस् ।